पोखरा ।
प्राध्यापक डा. गोविन्द केसीको मागबारे सरकार उदासीन रहेको भन्दै नेपाल स्वास्थ्यकर्मी संघ पश्चिमाञ्चल क्षेत्रीय कार्य समिति, पोखराले विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधवार समितिका अध्यक्ष नारायण बरालद्धारा जारी विज्ञप्तीमा १० औं पटकको अनसनमा १८ दिन पुग्दासम्म सरकारको गम्भिर ध्यानाकर्षण नभएको भन्दै आन्दोलित भएको हो । समितिले माग सुनुवाई नभए आगामी मंसिर १६ गतेबाट सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने जनाएको छ । साथै सोहि दिन प्रस्तावित मेडिकल अफिसर्स एसोसियनसँग समन्वय गरि क्षेत्रीय अस्पतालको लायन्स पार्कबाट मौन जुलुस निकाल्ने कार्यक्रम छ ।
विज्ञप्तीमा आन्दोलनको कार्यक्रमले कुनै सुनुवाई नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिइएको छ । साथै डा. केसीले उठाएको मागको सम्बोधन हुन नसकेमा उत्पन्न हुने असहज परिणामको जवाफदेहि स्यंम सरकार नै हुनुपर्ने उल्लेख छ । अनसनरत डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर हुदै गएको छ ।
Comments are closed.