न्यौपानेले गरे १ लाख ५ हजार सहयोग

बैशाख २५ गते-

स्याङ्जाली भूकम्प पीडितका लागि जगत्रदेवि–८ फलाङ्का समाजसेवि टेकनाथ न्यौपानेले १ लाख ५ हजार रुपैयाँ सहयोग गरेका छन् । बिहीबार एक कार्यक्रमबीच स्याङ्जाका प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरे मार्फत् जिल्ला दैवी प्रकोप राहत कोषमा उनले रकम जम्मा गरेका हुन् ।

सहयोग हस्तान्तरण गर्दै न्यौपानेले समाजसेवाको लामो जिवन बिताउँदै गर्दा अहिलेको विनाशकारी भूकम्पले निम्त्याएको पिडाले आफु निकै दुखि भएको भन्दै सच्चा पीडितको हातमा सहयोग पुर्याउन आग्रह गरे । सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले समाजसेवि न्यौपानेलाई धन्यवाद दिँदै स्याङ्जा जिल्लामा कुनै मानविय घटना नभएपनि अर्बौंको भौतिक क्षति भएकाले सरकार समक्ष सङ्कटग्रस्ट जिल्ला घोषणा गर्न माग गरेको जनाइन् ।

साथै घिमिरेले शुक्रबार देखि पहिलो चरणका कार्यक्रम अन्तरगत जिल्लाका बढि प्रभावित ६ गाँउमा रु. ५ हजारका दरले नगद सहयोग गर्ने कार्यक्रम रहेको जानकारी दिइन् ।

Comments are closed.