पछिल्लो पुस्ता र पोखरेली साहित्य

मन क्षत्री, पोखरा, २ माघ । पोखरेली साहित्यमा प्रतिनिधी लेखकहरुको पछिल्लो अध्याय यूवाहरुका लागि खाली छ र पछिल्लो समय यूवाहरुले आँट गर्न सक्ने सम्भावनाहरु पनि देखा परेका छन् ।

downloadपोखरामा मूलतः गतिविधी, प्रकाशन, चर्चा र निरन्तरताको सवालमा लामो समयदेखि पोखरेली यूवा सांस्कृतिक परिवार केन्द्रमा रह्यो । लेखन, प्रकाशन र चर्चाका दृष्टीले पनि परिवारभित्र वा वरपर एकातर्फ रह्यो भने परिवार बाहिरका अन्य संस्था वा स्वतन्त्र प्रयासहरु अर्कोतिर रहे । तुलनात्मक रुपमा स्वतन्त्र प्रयासहरुको सराहना गर्नुपर्ने पक्ष एउटा रह्यो भनेसाहित्यको मूलप्रवाहमा पोखरेली यूवा सांस्कृतिक परिवार र परिवारको घेरा वरपरका सिमित लेखकहरुको गतिविधी नै पोखरेली साहित्यको योगदान र परिचय जस्तो देखिनु अर्को पक्ष रह्यो । साहित्यका भिन्न आयामहरु सहित उपस्थित पछिल्लो पुस्ता यो प्रभाव वा यसैको साक्षी बसेर अगाडि आएको पुस्ता हो । संगसंगै, स्वतन्त्र वा संस्थागत अभ्यास समेत गरेर अगाडि बढेको पुस्ता पनि हो । प्रकाशन, गतिविधी, चर्चा र केन्द्रीय प्रभावमा पोखरेली यूवा सांस्कृतिक परिवारको बर्चस्व रहनुका पछाडी यसको आफ्नै लामो ईतिहास र अन्य पहुँच पनि कारक छन् र यी कारकहरु नै यहाँका प्रभाव पनि हुन् भन्ने बुझेरै स्वतन्त्र संस्थागत गतिविधीमा यूवाहरु क्रियाशिल छन् ।
पोखरेली यूवा सांस्कृतिक परिवारभन्दा धेरै पछि तर विधागत अभ्याससहित गजल सन्ध्या, मुक्तक मञ्च, साहित्य श्रृङ्खला, ¥याण्डम रिर्डस सोसाइटी जस्ता संस्थाहरुको उपस्थितीले पनि पछिल्लो पुस्तालाई पोखरेली यूवा सांस्कृतिक परिवारको विकल्प र विधागत अभ्यासको स्वतन्त्र अनुभव दिएको छ । स्वतन्त्र अस्तित्वको सवालमा अग्रजको आर्शीवाद भलै यिनिहरुको वाध्यता हो तर बेला बखतका प्रभावकारी हस्तक्षेपहरुले पनि यिनिहरुको उर्जा प्रमाणीत गरेको छ । यहाँ सक्रिय विभिन्न साहित्यिक संस्थाहरुको गतिविधी, पछिल्लो समय यूवाहरुमा विकसित पठन संस्कृती,पछिल्लो पुस्ताको स्वतन्त्र वा अन्य कुनै कारणको केन्द्रीय मिडिया वा प्रकाशन गृहसंगको सम्वन्ध तथा पछिल्लो पुस्ताका पोखरेली लेखक र पोखराका प्रति अन्यत्रको चासोले पनि पोखरेली साहित्यमा पछिल्लो पुस्ताको आगमन विस्तारैप्रभावशाली बन्दैछ ।
पोखरालाई प्रतिनिधित्व गर्ने अघिल्लो पुस्ताको पछिल्लो सृजनशिलतामाथी तन्नेरी पुस्ता विश्वसनीय छैन । गजल, मुक्तक जस्ता लघुविधामा पछिल्लो पुस्ता शक्तिशाली छ । कवितामा अघिल्लो पुस्ता स्वयं निरन्तर छैन । पछिल्लो पुस्ता विस्तारै उक्लँदो अवस्थामा छ । सरस्वती प्रतिक्षा, ईश्वरमणी अधिकारी, शरण आँसु, अमित रिजाल, चैतन्य अधिकारी, राजेन्द्र पौडेल, कृष्णराज अधिकारी लगायतका कविहरु प्रकाशित छन् । कतिपय कविहरु प्रकाशन निरन्तरतामै पनि छन् भने कतिपय पहिलो प्रयासमा जुटिरहेका छन् । आख्यानका सन्दर्भमा पोखरा यसैपनि निरन्तर प्रकाशित शहर होइन । वेलाबखतका प्रकाशनहरुले यसलाई जोगाइराखेको भने साँच्चै हो । साँच्चै भन्ने हो भने पोखरा ‘लामो समय’ उल्लेख्य कृति प्रकाशन नगरिकनै सुत्यो । उल्लेख्य भनिएका कृति पोखरा नभनिकनै सुते । ‘यो लामो समय’ भित्र देशका विभिन्न विषम परिस्थितीहरु अनेक कारक थिए । तर, यतिवेला पोखरा जुर्मुराएको छ । आगामी दिनमा प्रकाशनको दृष्टिले पोखरामा बहार आउने निश्चित छ ।
लामो समयदेखि प्रकाशनको चाँजोपाँजो मिलाउँदै आएका गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष कपिल शर्मा ‘सञ्जोग’को गजलकृती ‘तस्विरमा दोसल्ला’ यहि माघमा विमोचित हुने खवर छ । यूवा सभासद तथा विकास समितिका सभापति रविन्द्र अधिकारीको पुस्तक ‘समृद्ध नेपाल’ यसअघि नै चर्चामा छ । आगामी बैशाख अगावै कवि÷गजलकार ईश्वरमणी अधिकारीको कवितासंग्रह ‘स्वप्न स्केच’ प्रकाशित हुनेछ । सञ्चारउद्यमी÷प्रस्तोता महेश भण्डारी आफ्नो पहिलो निवन्ध संग्रहका साथ नयाँबर्षको प्रारब्धमै बजारमा आउनेछन् भने कवि सरस्वती प्रतिक्षा आफ्नो पहिलो उपन्यास ‘नथिया’को अन्तिम तयारीमा रहेको खवर छ । लेखक गनेश पौडेलले आफ्नो पहिलो उपन्यास लगभग सकिएको जानकारी दिएका छन् । डा. बसन्त गौतम कविता संग्रह प्रकाशनको तयारीमा छन भने आगामी बर्ष मन क्षत्री आफ्नो मुक्तक संग्रह सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । यो संगै गजलसन्ध्या, मुक्तक मञ्च, ¥याण्डम रिर्डस जस्ता संस्थाहरु आफ्ना नियमित एवम् नयाँ प्रकाशनका साथ २०७३ मा बजारमा आउनेछन् ।
पछिल्लो पुस्ताको यो प्रयाससंगै अग्रज तिर्थ श्रेष्ठका ‘प्रेमको पुस्तक’ र ‘शरणार्थी’ गरि दुई कवितासंग्रह प्रकाशनको तयारीमा रहेको जानकारी प्राप्त भएको छ भने कवि÷गजलकार प्रकट पंगेनी ‘शिव’ ‘आउँदा जाँदा दोवाटोमा’ गीतसंग्रह सहित बजारमा उपस्थित हुने बताइरहेका छन् । कविता संग्रह र एउटा उपन्यास पनि लगभग तयारी रहेको उनले बताएका छन् ।
पछिल्लो पुस्ता लामो समयको प्रतिक्षापछि प्रकाशित हुँदैछ भने अघिल्लो पुस्ता निरन्तरतामै छ । यि दुई पुस्ताको प्रयास पोखरेली साहित्यको समृद्धीका लागि महत्वपूर्ण त छ नै एकअर्थ प्रतिष्प्रर्धी र पछिल्लो पुस्ताको स–शक्त उपस्थितीसंग पनि सम्वन्धित छ । पछिल्लो पुस्ताको यो प्रयास पोखरेली साहित्यको आगामी बाटो पनि हो । बाटो कस्तो बन्छ ? समय साक्षी बस्ने छ र समयसंगै नेपाली साहित्य पनि…।

Comments are closed.