१२ बजेर ५० मिनेट जाँदा गएको भूकम्पले दोलखामा ठूलो जनधनको क्षति भएको समाचार प्राप्त भएको छ । दोलखाको सदरमुकाम चरिकोट आसपासमा ठूला घरहरुसमेत भत्केको त्यहाँबाट जानकारी आएको छ । भूकम्पले घरहरु भत्कन थालेपछि मानिसहरुको भागदौड मच्चिएको छ । भूकम्पको केन्द्रबिन्दु मानिएको दोलखा र सिन्धुपाल्चोकको सिमाना सुनखानीमा ठूलो पहिरो आएको त्यहाँबाट पत्रकार निता राउतले जानकारी दिएकी छन् ।
काभ्रेको पनौतीमा पनि धेरै घरहरु भत्केका छन् । पहिलेको भूकम्पले चर्केका अधिकांश घरहरु भत्केको र त्यहाँ धेरै जना घाइते भएको त्यहाँबाट पत्रकार भोला थापाले जानकारी दिएका छन् । घाइतेलाई अस्पताल पुर्याउने काम भैरहेको छ ।
सुनखानीलार्इ केन्दिवन्दु बनाएर गएकाे ७.१ रेक्टर स्केलकाे भूकम्प गएकाे हो । । भूकम्पबाट कति क्षति भयाे भन्ने तथ्याङ्क अाइसकेकाे छैन ।
वैशाख १२ गतेको ७.८ रेक्टर स्केलको विनोशकारी भूकम्पले त्रसित मानिसहरु फेरि भूकम्प गएपछि त्रसित भएका छन् । तर, विज्ञहरुले भने ठूलो धक्कापछि केही समयसम्म धक्का महसुस भइरहेकाे बताएका छन् । फेरी पनि पराकम्पन जारी भैरहेपछि पाेखरा अासपासका मानिसहरु पनि घर बाहिर निस्केका छन् ।
Comments are closed.