पटाका कारखानामा विस्फोट हुँदा ११ जनाको मृत्यु

patakaनयाँ दिल्ली, २५ वैशाख ।
पूर्वी भारतीय राज्य पश्चिम बङ्गलामा बिहीबार एक पटाका कारखानामा भएको विस्फोटनमा परी कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ । पश्चिम मिद्नापोरे जिल्लाको पिङ्गला क्षेत्रमा अवस्थित सो पटाका कारखाना विस्फोटमा परी महिला र बालबालिकासहित ११ को मृत्यु भएको हो ।

घटनामा परी अन्य सात जना घाइते भएका र घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्नसक्ने पनि प्रहरी निरीक्षक भारती घोषले बताएका छन् ।

विस्फोटनको विषयमा विस्तृत विवरण प्राप्त भइनसकेको, तर कारण अनुसान्धानरत रहेको बताइएको छ ।

Comments are closed.