पत्रकार कमल पौडेल ‘अथक’ लाई पितृशोक

पोखरा हटलाईन
असोज ,५,

                                        नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य कमल पौडेल ‘अथक’ लाई पितृशोक परेको छ । पत्रकार कमलका पिता डिल्लीराम पौडेलको ८० वर्षको उमेरमा आईतवार राती करीब ११ बजे आफ्नै निवास स्याङ्जा आधिखोला गाउँपालिका वडा नं ३ पाख्रीबोटमा निधन भएको हो ।

स्वास प्रश्वास सम्वन्धी रोगवाट प्रभावित स्वर्गीय पिता डिल्लीराम केही साता अगाडि आफ्नै निवासमा लडेर घाईते हुनुभएपछि तत्काल उहाँलाई उपचारका लागी पोखरा ल्याईएको थियो । पोखराको मणिपाल शिक्षण अस्पताल र ओम अस्पतालमा गरी करिव दुई साताको उपचारपछि उहाको स्वास्थ्यमा सुधार आएको भन्दै दुई दीन अगाडी मात्र अस्पतालले डिस्चार्ज गरेको थियो । स्वर्गिय पौडेलको आजै हिन्दू परंपरा अनुसार दाह संस्कार गरिदैछ । स्वर्गीय पौडेलका चार छोरा र एक छोरी छन् । पत्रकार कमल पोखराको रेडियो सराङकोटमा कार्यरत छन् ।

Comments are closed.