पत्रकार महासंघ पर्वत, बाग्लुङ र म्याग्दीमा सर्वसम्मत नेतृत्व चयन

पोखरा ४ फागुन । नेपाल पत्रकार महासंघ पर्वतको पाँचौ अधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गरेको छ । अधिवेशन मार्फत अध्यक्षमा छविलाल तिवारी निर्विरोध चयन भएका छन् । जिल्ला कार्यसमितिको उपाध्यक्षहरुमा प्रनिश गिरी र रञ्जना खत्री चयन भएका छन् ।

सचिवमा गणेश गिरी, कोषाध्यक्षमा राजवावु पिसी, सह सचिवहरुमा राजु पौडेल र ईन्दु तिवारी चयन भएका छन् । जिल्ला सदस्यहरुमा साजन परियार, उत्तम अधिकारी, विशन क्षेत्री, देवराज पुरी, सुवास लामिछाने, सार्जन पौडेल, कृष्ण अखेली, डिलवहादुर विक, किशोर सापकोटा र महेन्द्र वहादुर जिसी सर्वसम्मत रुपमा चयन भएका छन् ।

त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा तारानाथ शर्मा निर्वाचित भएका छन् । शाखाको मंगलवार बेनीमा सम्पन्न पाँचौ अधिवेशनले शर्माको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले शाखाको पदाधिकारी, सदस्य सहित केन्द्रिय र प्रदेश पार्षदहरु समेत सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ठाकुरप्रसाद आचार्य, महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री ९मालती०, सचिवमा गोरखनाथ सुवेदी, कोषाध्यक्षमा हरिकृष्ण गौतम, सह–सचिवमा कमल खत्री र गोपाल छन्त्याल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुर्दशनकुमार श्रेष्ठ, प्रताप बानियाँ पदम विश्वकर्मा, दलप्रसाद विश्वकर्मा , आशिका मल्ल, सावीत्रा सुवेदी र दिपु फगामी चयन भएका छन् ।

यस्तै नेपाल पत्रकार महासंघ बागलुङ शाखाको छैठौँ अधिवेशनबाट दिल शिरिषको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ । महासंघ जिल्ला शाखाको उपाध्यक्षमा नरेश कँडेल, महिला उपाध्यक्ष उषा पौडेल, सचिव राम थापा अबिरल, सहसचिव नविन शिशिर बि।क। र सुवास आचार्य, कोषाध्यक्ष विजय राना रहेका छन् ।

यस्तै सदस्यहरुमा खुल्ला तर्फ गणेश पौडेल चन्द्र, राजु खड्का, लोकेन्द्र सुनार, कृष्ण कँडेल, नारायणप्रसाद रिजाल, सिर्जना पन्त चयन भएका छन् । महिला तर्फ सरिता खत्री, दलित तर्फ खगेन्द्र विश्वकर्मा, जनजाती तर्फ शेखर थापा, अल्पसंख्यकतर्फ पदम छन्त्याल ९प्रकाश० सर्वसम्मत चयन भए । यस्तै अधिवेशनबाट १८ सदस्यीय केन्द्रिय सभासद र २४ सदस्यीय प्रदेश सभासद चयन गरिएको छ ।

Comments are closed.