पोखरा १ बैशाख ।ग्रामीण पत्रकारितासंगै संरक्षण सम्बन्धी समाचार लेखेर जनचेतना जोगाउन उल्लेख्य योगदान पु¥याएको भन्दै पत्रकार शिव शर्मा लाई मंगलबार पुरस्कृत गरिएको छ ।कास्कीको सार्दिखोला गाविसको भुजुङखोलामा आयोजीत कार्यक्रममा उनलाई नगद ५ हजार रुपैया सहित दोसल्लाले ओढाएर पुरस्कृत गरिएको हो ।
ग्रिन फोर्स युवा समुह तथा वन व्यवस्थापन उपसमिति–१ भुजुङखोलाले गरेका कार्यक्रममा सेकोर्स अफ बेल्जियममा अध्यक्ष रामप्रसाद तिमिल्सना,नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य पुण्य पौडेल र समुहका अध्यक्ष हुमनाथ आचार्यले संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन । शर्मा पोखरास्थित कान्तिपुरका कास्की संवाददाता हुन । हरेक वर्ष यसै वर्षदेखि ग्रामीण तथा संरक्षण सम्बन्धी समाचार लेखेर जनचेतना जोगाउने पत्रकारलाई पुरस्कृत गदै लैजाने आयोजकले जनाएको छ । कार्यक्रममा माउन्टेन बाइक रेसमा उत्कृष्ट हुनेहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
–
Comments are closed.