काठमाडौ २७ चैत । नेपाल कराते महासंघले नर्वेको अस्करमा सम्पन्न तानिहासितोरियो कोफुकान विश्वकपका पदक विजेता खेलाडीलाई बिहीबार सम्मान गरेको छ ।मार्च २८ र २९ तारिखमा भएको उक्त प्रतियोगितामा नेपालले दुई कांस्य पदकजितेको थियो ।जनकसिंह खड्का र अशोक शाह दुवैले ६७ केजी मुनि तौल समूहमा कांस्य जितेका थिए ।जनकले बोट्स्वाना, फ्रान्स र युकेका खेलाडीलाई पराजित गरेकाथिए । त्यस्तै अशोकले स्लोभानिया र नर्वेका खेलाडीलाई हराएका थिए ।
पदक विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव युवराज लामा र सदस्य मनबहादुर न्यौपाने तथा कराते महासंघका अध्यक्ष एवं एसियाली प्यासिफिक सितोरियो कराते महासंघका प्रथम उपाध्यक्ष दावा गुरुङले टीका, खादा र सम्मानपत्रप्रदान गरे ।सोही अवसरमा प्रतियोगितामा सहभागीअन्य खेलाडी राजारामदानी, श्यामकार्की र फुर्वासिंह तामाङ, टोली नेता त्रैलोक्य पाण्डे तथा टिमव्यवस्थापक साजनकुमार उप्रेतीपनि सम्मानित भए । फुर्वाले प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गरेका थिए ।
Comments are closed.