‘पब्जी’ माथि प्रतिबन्ध

चर्चित अनलाइन खेल प्लेयर्स अननोन्स ब्याटलग्राउण्ड ‘पब्जी’ माथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको बारेमा सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ।कतिले सरकारको निर्णयलाई सकारात्मक कदमका रूपमा अर्थ्याएका छन् भने कतिले व्यक्तिगत र इन्टरनेट स्वतन्त्रताको हनन भनेका छन्।विश्वका विभिन्न मुलुकमा चर्चा कमाइरहेको उक्त खेलमाथि नेपाल प्रहरीको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले प्रतिबन्ध लगाएको हो।प्राधिकरणले उक्त निर्णयबारे इन्टरनेट सेवा प्रदायकहरूलाई जानकारी दिइसकेको जनाएको छ।

Comments are closed.