परीक्षाफल प्रकाशित

पोखरा, १ बैशाख-
जिल्ला शिक्षा परीक्षा समिति अन्तर्गत प्याब्सन कास्कीले लिएको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।

प्याब्सनले गत चैत दोश्रो हप्ता सञ्चालन गरेका परीक्षाको फरीक्षाफल बुधबार प्रकाशित भएको हो । परीक्षाफल पोखरा हटलाइन राष्ट्रिय दैनिक र अनलाईनमा डब्ल्यू डब्ल्यू डब्ल्यू डट पोखरा हटलाइन डटकम (www.pokharahotline.com) बाट समेत हेर्न सकिने प्याब्सन कास्कीले जनाएको छ । परीक्षामा कूल ३ हजार ८ सय ६४ जना परीक्षार्थी सहभागि भएको थिए ।

ती मध्ये ३७ जना अनुत्तिर्ण भएका छन् । प्याब्सन कास्कीमा आबद्ध १ सय विद्यालयमध्ये ९७ वटा विद्यालयहरु जिल्लास्तरीय परीक्षामा सहभागि भएका थिए ।

Comments are closed.