पर्यटकलाई दिसा पिसाब गर्नै समस्या , बसपार्कको शौचालय बन्द !

यात्रुहरु दिसा पिसाब गर्ने ठाउं अभावको कारण छट्पटिएको दृश्य यहाँ देखिन थालेको छ ।

चिरन्जीबी,

पोखरा,

पर्यटकीय नगरी पोखराको पर्यटक बसपार्क यती बेला अस्त ब्यस्त बनेको छ ।पोखरा महानगरपालिका वडा न ७ मा अवस्थित टुरिस्ट बसपार्क को काम पुरा भएर सवारी साधन छुट्ने र पर्यटक यात्रुहरु आउने जाने गर्न थालेका छन ।तर यस बसपार्क मा रहेका सार्बजनिक शौचालय मा चाबी लगाइएका कारण स्वदेशी तथा बिदेशी पर्यटक हरु पर्नु समस्यामा परेका छन ।लामो दुरी पार गरेर आएका यात्रुहरु दिसा पिसाब गर्ने ठाउं अभावको कारण छट्पटिएको दृश्य यहाँ देखिन थालेको छ ।’नेपाली यात्रुहरु त सोधपुछ गरेर जसोतसो शौच गर्लान तर बिदेशी पाहुना को लागी यो नराम्रो उदाहरण बन्न सक्छ’ एक स्थानिय ले आफ्नो धारणा ब्यक्त गर्दै भने ।बसपार्क संगै रहेको निर्माण ब्याबसायी संघ कास्की को शौचालय समस्यामा परेकालाई मानवताको नाताले आफुहरुले प्रयोग गर्न दिएको संघ का सदस्य सुमन श्रेष्ठले बताए ।यस बारेमा निर्माणको जिम्मा लिएको सि एम कन्स्ट्रक्सन का सन्चालक संग सम्पर्क हुन सकेन । तर कम्पनिले चाबी बुझाउन जिम्मा दिएका उक्त कम्पनिका प्रतीनिधी संग हामिले जिज्ञासा राख्दा उनले पहिला आफुलाई बसपार्क को चाबी महनगरपालिकालाई बुझाउन भनिएको तर फेरी चाबी नदिनु भन्ने आदेस कन्स्ट्रक्सन कम्पनी बाट आएकोले आफुले चाबी नदिएको जानकारी दिए ।कोरोना माहमारी पछी टाउको उठाउन थालेको पर्यटन को लागी पर्यटक बसपार्कमा नै सार्बजनिक शौचालयको समस्या हुनु भनेको समग्र पर्यटन ब्याबसायलाई नै दिर्घकालिन असरको कारण बन्न सक्छ ।यस संबेदनशिल बिषयमा सम्बन्धित निकायहरुको समन्वयकारी भूमिकाको लागी तुरन्तै ध्यानाकर्षण हुनुपर्ने पर्यटक तथा स्थानियहरुले बताए ।

Comments are closed.