पोखरा, २५ फागुन
पोखरा उपमहानगरपालिका २५ कालावाङ घरेडीका स्थानीय आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँसम्म पु¥याउन अभियानमा जुटेका छन् । पर्यटकलाई गाउँसम्म पु¥याएर गाउँको विकास तथा पर्यटकको बसाईँ र स्वागतका लागि स्थानीय घरबास अर्थात होम स्टे अभियानमा जुटेका हुन् ।
गाउँमा कसरी पर्यटकलाई भित्र्याउने र गाउँको विकास गर्ने भन्ने विषयमा कालावाङका स्थानीयले बृहद छलफल गरेका छन् । छलफलले राजबहादुर गुरुङको अध्यक्षतामा कालावाङ घरेडी होम स्टे व्याबस्थापन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रकाशचन्द्र गुरुङ, सचिवमा याम गुरुङ, कोषाध्यक्षमा कल्पना बराल, सदस्यहरुमा निर्मला गुरुङ, गौसुवा गुरुङ, कृष्णराज बराल, धुर्वराज पौडेल, ओम प्रसाद गुरुङ, खेमराज बराल, मनबहादुर विक र जसबहादुर नेपाली छन् ।
त्यसै गरी निर्मला गुरुङको संयोजकत्वमा कालावाङ घरेडी होम स्टे महिला परिचालन समिति पनि गठन भएको छ । समितिको सचिवमा सरस्वती पौडेल, कोषाध्यक्षमा पम्फा गुरुङ, सदस्यहरुमा कल्पना गुरुङ, ईन्द्रकुमारी गुरुङ, चन्द्रकुमारी विक, सरस्वती गुरुङ, जुनादेवि बराल र उषा गुरुङ रहेकी छन । त्यस्तै क्याप्टेन टिक प्रसाद गुरुङ, नरबहादुर गुरुङ, धुर्व बहादुर गुरुङ र झम्कनाथ बराललाई सल्लाहकार बनाइएको छ ।
छलफल कार्यक्रममा बोल्दै कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले कालावाङ घरेडीको होम स्टे अभियानलाई सफल पार्न जिविसले सक्दो सहयोग गर्ने वचन दिए । होम स्टेको थप पूर्वाधार पुरा गर्न २३ औं जिल्ला परिषदबाट एक लाख ५० हजार बजेट समेत विनियोजन गरेको उनले उल्लेख गरे । चर्चित पप गायक अमृत गुरुङको जन्म गाँउको विकासको लागि उनीसंगै केही कार्यक्रम गर्ने समेत उनले सुझाउ देए ।
समितिका सचिव याम गुरुङले आफ्नो गाँउ ठाँउमा उत्पादन भएको बस्तु तथा सेवाको उपभोग गर्न तथा गाँउको दिगो आर्थिक विकासको लागि होम स्टे कार्यक्रमको अवधारणा अघि सारिएको बताए । साविक पुम्दी ६ हाल पोखरा उपमहानगरपालिका वडा नम्बर २५ कालाबाङ घरेडीमा हालसालै संचालनमा आएको होम स्टेमा १० घरमा ३० जनाको क्षमता रहेको समितिले जनकारी दियो ।
कालावाङको न्यालेडाँडा दृश्यावलोकनको दृष्टिले अति रमणीय स्थल हो । सो क्षेत्रबाट सूर्यदय, सूर्यास्त विभिन्न हिमश्रृखला, पन्चासे, सराङकोट, फेवाताल, पोखरा बजार लगायतका दृश्यहरु देख्न सकिने स्थानीयको भनाई छ ।
Comments are closed.