पर्यटन व्यवसायीहरुको घर,जग्गा बहालमा सहुलियत प्रदान गर्नका लागी पोखरा पर्यटन परिषदको अपिल

पोखरा हटलाईन
असार्,७
२०७७
पर्यटन व्यवसायीहरुको छाता सँगठन पोखरा पर्यटन परीषद ले आइतबार बिज्ञप्ती जारी गरेको छ । बिज्ञप्तिमा उल्लेख गरिएको छ; कोविड १९ ले सारा विश्वलाई नै प्रभावित पारी रहेको अवस्थामा आम नेपाली जनतालाई संक्रमण हुनबाट जोगाउन नेपाल सरकारले ०७६ चैत्र ११ बाट लागू गरेको (बन्दाबन्दी) लकडाउनलाई हामी सवै नेपालीले पालना गरी रहेको र हाल लकडाउन आंशिक रुपमा केही खुकुलो भएपनि पर्यटन क्षेत्र भने बन्द भएको अवस्था रहेको र  यस अवस्थामा केही छिटफुट बाहेक सम्पूर्ण आर्थिक गतिविधिहरु ठप्प रहेको जनाइएको छ । बिज्ञप्तिमा पर्यटन व्यवसाय भने यस वन्दाबन्दी भन्दा अगाडी माघ २०७६बाट नै सुस्तता आउदै हाल ठप्प नै रहेको जनाउदै  यस व्यवसाय मानविय आवातजावत बाट मात्र सृजना हुने भएकोले कोविड १९ को प्रत्यक्ष र सवैभन्दा बढि असर पर्यटनमा परेको  र यसको प्रभाव वन्दावन्दी सम्पूर्ण रुपमा खुले पश्चात पनि लामो समय पर्ने सजिलै अनुमान गर्न  सकिने जनाइएको छ ।त्यस्तै बिज्ञप्तिमा पर्यटन व्यवसाय  सहज आवातजावत गर्नसक्ने वातावरण भएको स्पष्ट घोषणा भइ कुनै पनि व्यक्ति ढुक्क संग आवतजावत गर्न सहज र विश्वासिलो वतावरण नभएसम्म यसको पुनरुत्थान गर्न सकिने अवस्था नरहेको उल्लेख गरिएको छ ।  परिषदकोअपिल मा पर्यटन व्यवसायीहरु पलायन भएमा समग्र पर्यटन क्षेत्रमा नै लामो समयसम्म नकरात्मक प्रभाव पर्ने हुनाले पर्यटन क्षेत्रमा आफ्नो स्थीर सम्पत्ति भाडामा लगाउने घर धनि महानुभावहरु र पर्यटन व्यवसायीहरुले एक आपसको मर्का बुझि व्यवसायको निरन्तरता हुने अवस्था सृजना गर्नका लागि दुवै पक्ष संयमता एव जिम्मेबारी बोधका साथ अगाडी बढ्नुपर्ने जनाइएको छ ।यस्तै परिषद को बिज्ञप्तिमा तसर्थ लकडाउन अवधि भरको घर तथा जग्गा भाडा आपसी समझदारीमा समाधान गर्नुहुन र   महामारी नियन्त्रणको घोषणा नभएसम्म अर्थात कोविड १९ को असर नहटेसम्म कम्तीमा ५०% सहुलियत प्रदान गरी “व्यवसायी र समग्र पर्यटन क्षेत्र बचाऔ” अभियानमा सहयोग गरिदिन सम्बन्धीत सवैमा अपिल गरेको छ ।

Comments are closed.