पशु सेवा केन्द्र ‘क’ हेमजाको बार्षिक कार्यक्रम सार्वजानिकीकरण
सुदीप त्रिपाठी प्रतीक, रेडियो हेमजा कास्की
हेमजा २७, भदौँ
कास्की जिल्ला पशु सेवा केन्द्र क हेमजाको आ.व २०७३÷ ०७४ को बार्षिक कार्यक्रम सार्वजानिकीकरण गरिएको छ ।
किसान सँग प्रशासनिक शुसासन तथा पारदर्शिताका लागि बार्षिक कार्यक्रम सार्वजानिक गरिएको हो । कार्यक्रममा केन्द्र बाट उपलब्ध हुने सेवाहरु, आगामी कार्यक्रमहरु ल्गायतका विषयमा जानकारी दिइनुका साथै यो बर्ष पशुपालन क्षेत्रमा केन्द्र बाट उपलब्ध बजेट कार्यक्रम , कार्ययोजना तथा भावी रणनीतिका विषयमा जानकारी दिइएको छ ।कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. राकेश प्रजापति, पशु सेवा केन्द्र क हेमजाका प्रमुख गोमा कुमारी श्रेष्ठ प्राविधिक नवराज अधिकारीले बार्षिक कार्ययोजना प्रतिवेदन, अहिलेको अवस्था, बार्षिक बजेट , स्वीकृत बार्षिक कार्यक्रम सार्वजानिकीकरण तथा सरकारले ल्याएका कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो ।कार्यक्रममा सेवा केन्द्र भित्रको उत्कृष्ट किसान मध्ये हेमजाका भवनाथ तिमिल्सिना लाई वि.स २०४१ साल देखी भैसीपालन व्यवसायमा निरन्तर लागे वापत र लाहाचोकका इमान बहादुर गुरु·लाई युवा उद्यमी कृषक र कृषि तथा पशुपालन व्यवायको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दे सम्मान पत्रले खादा ओढाई सम्मान गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि साँसद सीता गिरी वोलीले कास्की जिल्लालाई व्यवसायिक रुपमा आत्मनिर्भर बनाउन आवश्यक रहेको उल्लेख गर्दे किसानहरुले मागेका कुराहरुलाई सम्बन्धित निकायले उचित सम्बोधन गरी निर्वाहमुखी किसानहरुलाई पनि व्यवसायी मुखी बनाउन तर्फ जोड दिनुपर्ने बताउनुभयो ।त्यसैगरी कार्यक्रममा सम्मानित व्यक्ति इमान बहादुर गुरु·ले कखग को सुत्र प्रयोग गरेर अगाडी बढन् सुझाव दिनुभएको थियो । उहाँले क बाट काम , ख ले खाने र ग बाट गल्ती नर्गेन भनी सुत्रको प्रयोगको आवश्यकतामा जोड दिनुभएको हो । त्यसैगरी अर्का सम्मानित व्यक्ति भवनाथ तिमिल्सिनाले सम्मानले आफूलाई यस क्षेत्रमा अझ निरन्तर रुपमा काम गर्न टेवा पुगेको बताउनुभयो ।कार्यक्रममा लाहाचोक गाविस सचिव बोधराज सापकोटाले कृषि तथा पशुपालन क्षेत्रका किसानहरुमा जनचेतना मुलुक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । त्यसैगरी नेपाली काँग्रेस पोखरा वडा नं २७ सभापति दान बहादुर थापाले गर्न खोज्ने युवाहरुलाई अगाडी बढाउनु पर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । नेकपा माओवादी केन्द्र पोखरा २७ का अध्यक्ष चक्रपाणी पौडेलले किसानहरुको राष्ट्रिय सम्मेलन गरी त्यही सम्मेलन बाट मात्र कृषि तथा पशु क्षेत्रका योजनाहरु सरकारले बनाउनु पर्ने भन्दै आफनो धारणा राख्नुभएको थियो । कालिका कृषि सहकारी संस्था पोखरा २९ अध्यक्ष हरिमाया अधिकारीले किसानले पाएको अनुदानको रकम झिक्दा पाउने रकमको आधा रकम प्रक्रिया पु¥याउदाँ खर्च गर्नुपरेको बाध्यता रहेको धारणा राख्नुभएको थियो ।पशु सेवा केन्द्र क हेमजा प्रमुख गोमा कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत जिल्ला पशु सेवा कार्यालय प्राविधिक सुरेश कुमार श्रेष्ठले र सञ्चालन प्राविधिक नवराज अधिकारीले सञ्चालन गर्नुभएको थियो । तस्विर पनि यसै साथ समावेश छ ।
Comments are closed.