पोखरा, १८ असार
मध्य असारसम्म पश्चिमाञ्चल
विकास क्षेत्रमा ११.४ प्रतिशत मात्रै
रोपाइँ सकिएको छ ।
तराईका जिल्लामा नौ र
पहाडी जिल्लामा १४ .४५ प्रतिशत
रोपाइँ भएको छ । यस क्षेत्रमा
पानी कम परेकाले गत वर्षको
भन्दा कम मात्रामा रोपाइँ भएको
छ । आजसम्ममा नवलपरासीमा
१५ प्रतिशत, रुपन्देहीमा आठ र
कपिलवस्तुमा चार प्रतिशत रोपाइँ
भएको छ । मनाङ र मुस्ताङमा
भने धान रोपाइँ गरिँदैन ।
यस्तै कास्कीमा ३० प्रतिशत,
पर्वतमा २०, गोरखा, लमजुङ
र बागलुङमा १५÷१५, म्याग्दी,
अर्घाखाँची र पाल्पामा १२÷१२, तनहुँ
र गुल्मीमा १०÷१० तथा स्याङ्जामा
आठ प्रतिशत मात्रै रोपाइँ भएको
क्षेत्रीय कृषि निर्देशनालय पोखराका
प्रचारप्रसार अधिकृत केशव वरालले
जानकारी दिनुभयो ।
नहरबाट सिँचाइ लाग्ने ठाउँमा
रोपाइँ सकिएको छ । खडेरीको
कारण आकासेपानीको भरमा पर्ने धेरै
खेतवारी बाँझै रहेको वताइएको छ ।
यस क्षेत्रमा धान रोप्नयोग्य जमिन ३५
हजार ७६२ हेक्टर रहेको छ ।
Comments are closed.