पश्चिमाञ्चलमा व्यावसायिक हुँदै कफी खेती

“कास्कीको उत्पादनले विदेशी माग धान्न सकेन”

अमृत सुवेदी /पाेखरा २ माघ/ पश्चिमाञ्चलका विभिन्न जिल्लामा कफी खेती विस्तार हुँदै गएको छ । पश्चिमाञ्चलको गुल्मी जिल्लाबाट झण्डै २६ वर्ष पहिले सुरु भएको कफी खेती अहिले दशैंभरि फैलिएको छ । यस क्षेत्रमा पछिल्लो समय व्यावसायिक रुपमा कफी खेतिको विस्तार हुँदै छ । कास्की, स्याङ्गजा, तनहुँ, पर्वत लगायतका जिल्लामा पनि माग बढेको छ तर अनुसारको उत्पादन हुन नसकेको कफि व्यवसायी संघ बताउँछ । कास्कीमा मात्रै पछिल्लो ६ वर्षको अवधिमा व्यवसायिक कफी खेती गर्ने किसानहरुको संख्या वढेको पाईएको छ भने उत्पादन विगतको तुलनामा बढेको भएपनि विदेशी माग धान्न सक्ने उत्पादन भने हुन सकेको छैन । गएका बर्षहरुमा भन्दा कफी खेती गर्ने किसान त बढेका छन् तर यो पर्याप्त छैन ।

विदेशी मागलाई परिपूर्ती मात्रै गर्न सक्ने हो भने पनि पश्चिमाञ्चलका किसानले कफी खेतीबाट आर्थिक रुपमा फड्को मार्न सक्छन् ।


राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्राविधिक प्रेमनिधी ढकालले भने,“किसानले तत्कालै प्रतिफल खोज्ने भएकाले कफी तर्फ अझै ध्यान जान सकिरहेको छैन ।” उनका अनुसार विदेशी मागलाई परिपूर्ती मात्रै गर्न सक्ने हो भने पनि पश्चिमाञ्चलका किसानले आर्थिक फड्को मार्न सक्छन् ।
पर्वत, गुल्मी र पछिल्लो समय स्याङ्जाका किसानले पनि कफी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । त्यहाँका किसानको कफी सिधा जापान, यूरोप र कोरिया लगायतका देशमा पुग्ने गरेको प्राविधिक ढकाल बताउँछन् । तर, त्यही अनुपातमा कास्कीले पनि कफि खेतिमा सोंचेजस्तो प्रगति गर्न नसक्नुको कारण के हो त ? ढकाल भन्छन्,‘कफि उत्पादन हुनका लागि लगाएको करिव पाँच बर्ष लाग्छ । यही समय कुर्न सक्ने धैर्यता पनि किसानमा गुम्दै जान थालेको छ र त्यही अनुसारको किसानमा ज्ञान नहुनु पनि हो । हामीले सकेजति विकास गर्दैछौं ।’

अहिले विषेश गरि वेगनास, ढिकुरपोखरी, चापाकोट, पुरन्चौर, भलाम, भदौरे, आर्वा लगायत २६ गाविसमा विभिन्न संघ सस्थाहरुको सहयोगमा ९८ समुहका ३ हजार भन्दा बढी किसानले कफी खेती गर्छन् ।


Coffe
cafe
अहिलेसम्म कास्कीका एकदर्जन सरकारी तथा गैरसरकारी संघ संस्थाले कफी खेती सम्वन्धि काम गर्दै आएका छन् । अहिले विषेश गरि वेगनास, ढिकुरपोखरी, चापाकोट, पुरन्चौर, भलाम, भदौरे, आर्वा लगायत २६ गाविसमा विभिन्न संघ सस्थाहरुको सहयोगमा ९८ समुहका ३ हजार भन्दा बढी किसानले कफी खेती गर्छन् । कास्कीमा १ सय १० हेक्टर क्षेत्रफलमा ३५ मेट्रिकटन कफि उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय कास्कीको तथ्याङ्क छ । कास्कीमा ३ वटा कफि प्रशोधन केन्द्र पनि खुलिसकेका छन् । कास्कीमा कफीको माग अनुसार उत्पादन भने हुन नसेको कफि प्रशोधन कम्पनी पनि बताउँछन् । अहिले कास्कीमा उत्पादित कफी स्थानीय बजार तथा जापान, अमेरिका, कोरिया, भारत लगायतका देशमा खपत हुने गरेको छ । यो खेती विकास हुने क्रममै रहेका कारण पनि छिटो बिस्तार हुन नसकेको कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखरा बताउँछ ।

कास्कीमा २०५२ सालदेखि व्यावसायिक खेती थालिएको हो । नेपालमा  २ जात अरेविका र रोबस्टा पाइने गरेपनि पश्चिमाञ्चलमा अरेविका जातको कफी खेती मात्र गरिन्छ ।


 हुने करिव ३५ मेट्रिकटन कफि मध्य १७ मेट्रिकटन पोखरामै खपत हुने गरेको छ । वाँकीले बाहिरको माग मान्न सक्तैन । “विदेशी माग अत्याधिक आउँदा हामीले पु¥याउन सक्ने अवस्था छैन।” माछापुच्छ«े अर्गानिक कफी मालेपाटन पोखराका सञ्चालक शोभाखर अधिकारीले भने । जापान, यूरोपबाट धेरै माग आउने गरेको उनले बताए । त्यहाँबाट आएको माग आपूर्ती गर्न मात्रै सक्ने हो भने पनि कास्कीका किसानले राम्रो आम्दानी गर्न सक्ने उनको भनाई छ । कास्कीमा २०५२ सालदेखि व्यावसायिक कफी खेती थालिएको हो । नेपालमा कफीका २ जात अरेविका र रोबस्टा पाइने गरेपनि पश्चिमाञ्चलमा अरेविका जातको कफी खेती मात्र गरिन्छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रयी कार्यालय पोखराले किसानलाई कफी उत्पादनमा आकर्षित गराउन, प्राविधिक सेवा तथा सल्लाह, किसानवाट उत्पादित कफीको उचित मुल्याङ्कन तथा कृषि सामाग्रि, पल्पर मेसिन ५० प्रतिशत छुटमा दिने गरेको छ ।

Comments are closed.