पोखरा, ९ साउन/पोखरा स्थित लायन्स क्लवहरुले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा परिसरमा रहेको लायन्स पार्कलाई व्यवस्थित पार्क बनाउने भएको छ । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपाल अन्र्तगतका पोखरामा रहेका ७० वटा क्लबको संयुक्त प्रयासबाट अस्पताल हाता भित्र रहेको लायन्स पार्कलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने लायन्स डिष्ट्रिक ३२५ बी १ नेपालका ट्रि प्लान्टेसन कमिटि चेयरपर्सन तीर्थबहादुर बस्नेतले जानकारी दिए ।
लायन्स क्लबको बार्षिक कार्यक्रम अनुसार बृक्षारोपण कार्यक्रम पनि भएको हुँदा प्रत्येक क्लबबाट ५÷५ हजार सहयोग जुटाई अस्पताल मैत्रि बिरुवा रोपी पार्कलाई मर्मत संभार सरक्षण गर्ने कार्यक्रममा उपस्थित पोखरा स्थित बिभिन्न क्लबका अध्यक्षहरुका साथै डिष्ट्रिक ३२५ बी १ नेपालका विभिन्न तहमा रहेका डिष्ट्रिक पदाधिकारीहरुले सामूहिक प्रतिबद्धता जाहेर गरेका थिए ।
पार्कलाई मर्मत संभार सरक्षण गर्न भेलाले ट्रि प्लान्टेसन कमिटि चेयरपर्सन तिर्थबहादुर बस्नेतको संयोजकत्वमा ट्रि प्लान्टेसन कमिटि सदस्य मञ्जु बस्नेत, आभा जोशी(समपर्ण), टंकराज अधिकारी (पिस सिटी) र दिपेन्द्र राई (तालबाराही) रहेको ५ सदस्य समिति निमार्ण गरेको छ । कार्यक्रममा लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष बिमल बसेलले २२ वटा अस्पताल मैत्रि बिरुवा र ट्रि गार्ड उपलब्ध गराउने र ग्रिन सिटीका अध्यक्ष प्रकास सिं भण्डारीले पार्कमा आवश्यक पर्ने कम्पोष्ट मल उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए ।
Comments are closed.