पोखरा २८ जेठ । पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमताको बिकास गर्ने खालका आयुर्वेदिक औषधिहरुको प्रयोग सुरु गरेको छ ।त्यसैगरी संक्रमितहरुको तनाव व्यवस्थापन को लागि योगाभ्यास र प्राणायाम पनि सुरुवात गर्ने तयारी गरिएको छ ।
गण्डकी आयुर्वेद औषधालय कास्कीका प्रमुख आयुर्वेद चिकित्सक डा. कुमार कासुलाका अनुसार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखामा कार्यरत बरिष्ठ कविराज निरीक्षक नविन किरण भुसाल, गण्डकी आयुर्वेद औषधालयमा कार्यरत डा. विवस बास्तोला, भेडावारी प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत आयुर्वेद चिकित्सक डा. अनिल थापा, साथै आइसोलेसन वार्ड इन्चार्ज विजय लक्ष्मी कोइराला लगायतका कर्मचारीहरु सहितको उपस्थितिमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागद्वारा जारी कोभिड १९ रोकथाम एवम व्यवस्थापन सम्बन्धि निर्देशिका बमोजिम पश्चिमान्चल क्षेत्रीय अस्पतालका निर्देशक. अर्जुन आचार्यसंगको छलफल पश्चात सेवा संचालनको कार्ययोजना तय गरि आइसोलेसनमा राखिएका चार जना संक्रमित ब्याक्तिहरुमा स्वास्थ्य परामर्श गरि आयुर्वेद औषधिको प्रयोग गरिएको छ ।
रोगप्रतिरोधात्मक क्षमताको अभिबिद्धि, लाक्षणिक चिकित्सा र तनाव व्यवस्थापननै अहिले कोभिड – १९ व्यवस्थापनको मुख्य चिकित्सा योजना भएकोले इमर्जेन्सी बाहेकका अवस्थामा यसैगरी योग एवं आयुर्वेद सहितको एकीकृत चिकित्साको माध्यमबाट कोरोना संक्रमितहरुको उपचारलाई प्रदेश भर संचालन गर्ने गरि आवश्यक तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ कविराज निरीक्षक नबिन किरण भुसालले जानकारी दिए ।
त्यसबाहेक कास्की जिल्लाभरका शंकास्पद प्रभावित क्षेत्र र क्वारेन्टाइनमा रहेकाहरुलाई पनि रोग प्रतिरोधात्मक क्षमता अभिबृद्र्धि गर्ने खालका कार्यक्रमसँगै जडिबुटी चिया साथै आयुर्वेद औषधि वितरणको लागि तयारी भइरहेको गण्डकी आयुर्वेद औषधालयका प्रमुख तथा आयुर्वेद चिकित्सक डा. कुमार कासुलाले जानकारी दिए ।
Comments are closed.