पश्चिमी वायुको प्रभावले मुलुकभर वर्षा

काठमाडौँ, ३० चैत । पश्चिमी वायुको प्रभावसँगै अरब सागरबाट आएको वायुको समिश्रणका कारण मौसम बदली भई हिजोदेखि देशका अधिकांश भेगमा वर्षा भएको छ ।

मुलुकको मौसममा सुधार आउन अझै दुई÷तीन दिन लाग्ने मौसमविद् विभूति पोखरेलले राससलाई जानकारी दिए । उनका अनुसार गएरातिदेखि नै मौसम बदली भई देशभर वर्षा भएको र सबैभन्दा बढी ताप्लेजुङमा २६ मिलिमिटर वर्षा भएको छ ।

निरन्तरको वर्षाले काठमाडौँ उपत्यकामा केही चिसो महसुस गरिएको छ । खासगरी भत्काइएका शाखा र भित्री सडक, गल्ली हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ । रासस

Comments are closed.