पोखरा, ९ साउन/ साउन महिनाको पहिलो सातासम्म पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लामा ७० प्रतिशत रोपाइँ सकिएको छ । जसमध्ये तराईका जिल्लामा ७१.६ र पहाडी जिल्लामा ६९.३ प्रतिशत रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय पोखराले जनाएको छ ।
कार्यालयका प्रचार प्रसार अधिकृत नीलकण्ठ कोइरालाले यस क्षेत्रमा पर्ने तीनवटा तराईका जिल्लामा वर्षा राम्रो भएकाले गत वर्षको भन्दा राम्रो रोपाइँ भएको छ । रुपन्देहीमा ७० प्रतिशत, नवलपरासीमा ८० प्रतिशत र कपिलवस्तुमा ६५ प्रतिशत रोपाइँ भएको छ ।
यस क्षेत्रमा पर्ने हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने धान रोपाइँ गरिँदैन । पहाडी जिल्लाहरु गोरखामा ४५, तनहुँमा ७०, लमजुङमा ६०, कास्कीमा ८०, म्याग्दीमा ७०, बागलुङमा ८०, पर्वतमा ८०, स्याङ्जामा ७०, पाल्पामा ६५, गुल्मीमा ६३ र अर्घाखाँचीमा ८० प्रतिशत रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
यस क्षेत्रमा धान रोप्न योग्य जमिन ३१ हजार ६०० हेक्टर रहेको छ ।
Comments are closed.