बागलुङ/म्याग्दी-भूकम्पले चर्किएको पहाडमा धुले पहिरो जाँदा म्याग्दीमा कालीगण्डकी नदी थुनिएर २६ घर डुबानमा परेका छन्। म्याग्दीको भगवती–२ बैंसरीमा शनिबार राती १ बजे सुख्खा पहिरो जाँदा कालीगण्डकी नदी पूर्णरुपमा थुनिएर ड्याम बने पछि २६ घर डुबेका हुन्। पहिरोले नदी थुनिए पछि सो स्थानका २६ डुबेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए। सो स्थानमा गत शुक्रबार पहिरो खसेर जोखिम भएपछि प्रशासनले बैसरी र राम्चेका २६ घरलाई सुरक्षित स्थानमा सारिएको थियो। प्रशासनको निर्देशनमा २६ घरलाई सुरक्षित स्थानमा सारिएकोले घर डुबे पनि पहिरोले मानवीय क्षती नभएको प्रमुख जिल्ला अधिकारी केसीले बताए।
कालीगण्डकी नदी थुनिएपछि कालीगण्डकी नदीका तटीय क्षेत्रका सात जिल्लाका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा बस्न ‘हाइ अलर्ट’ गराई सम्बन्धित जिल्ला प्रशासनले निर्देशन दिएका छन् । म्याग्दी,पर्वत,बागलुङ, गुल्मी, पाल्पा, स्याङ्जा, नवलपरासी जिल्लाका नदी निकारका बस्तीमा उच सर्तकता अपनाउँदै खाली गरिएको छ । बेनीबजार हुँदै बग्ने कालिगण्डकीमा राहुघाट खोलाको पानी मात्र आएको छ ।

सर्वसाधारण मध्यरातमा आसपासका डाँडामा गएर बसेका छन् । जनजिवन त्रसित अवस्थामा रहेको छ । नदी थुनिएपछि बसपार्कमा रहेका सवारीसाधनलाई सुरक्षित स्थानतर्फ लगिएको छ । विभिन्न जिल्लाबाट म्याग्दी आउने रात्रीबसहरू विचबाटोमै रोकिएका छन् ।
Comments are closed.