पहिचान विनाको संविधान स्वीकार्य हुँदैन्—तमु

पोखरा ७ बैशाख ।तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम तमुले जातिय पहिचान विनाको संविधान आफुहरुलाई स्वीकार्य नहुने बताएका छन् । तमुवान जागरण अभियान अन्र्तगत आयोजना गर्न लागेको पश्चिमाञ्चल स्तरीय बृहत मोटरसइकल ¥यालीको तयारी बारे जानकारी दिन आइतबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले जातिय पहिचान विनाको संविधान बनेपनि त्यो मान्ने नहुने बताए ।

उनले आफुको मुद्धा जातिय नभएको स्पष्ट पार्दै एकात्मक शासन व्यवस्थाको अन्त्य र बहुसांस्कृतिक, बहुधार्मिक राज्य स्थापनाका लागि भएको बताए । ‘हामी जातीय राज्यको पक्षमा छैनौ तर पहिचान विनाको संविधान स्वीकार्य हुँदैन्’ उनले भने ।उनले गुरुङ राज्यको पक्षमा नभएको भन्दै विभेदमा परेका समुदायका कारण नेपालमा संघीयताको आवश्यकता परेको बताए । उनले आदिवासी जनजातिका मुद्धा उनीहरुले मात्रै उठाउँदैमा सफलता प्राप्त नहुने भएकाले गैर आदीवासीहरुले पनि सहयोग गरेमात्रै अधिकार प्राप्त हुने बताए । दलहरुको वितृष्णाका कारण देशमा पून आदिवासी आन्दोलनको आवश्कता खड्किएको दावी उनले गरे ।

जागरण अभियान अन्र्तगत बैशाख ११ गते पश्चिमाञ्चल क्षेत्रबाट बृहत मोटरसइकल ¥याली आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्याङ्जा, रुपेन्देही, नवलपरासी, गोरखा, चितवन, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी, लम्जुङ लगायत जिल्लाका तमुहरुको सहभागिता रहने छ । ¥याली तिन स्थानबाट पोखरामा आइ सम्पन्न हुने तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् पश्चिमाञ्चल क्षेत्रीय संयोजक लेफ्टीनेट यम बहादुर तमुले जानकारी दिए ।

¥याली स्याङ्जाको मिर्मीबाट वालिङ्ग, पुतलिबजार हुँदै पोखरा, चितवनको मुग्लीनबाट शुरु भई दमौली हँुदै पोखरा र पर्वतको कुस्माबाट पोखराको सभागृहमा आई भेला हुने उनले बताए । नयाँ बन्ने संविधानमा तमु जातिको पहिचान सहितको संघियताको माग गर्दै उक्त ¥याली आयोजना गर्न लागिएको तमु ह्युल छोज धी राष्ट्रिय परिषद् कास्कीका अध्यक्ष दलबहादुर तमुले बताए ।

¥यालीलाई तमुस्यो ह्युल छोँज धीं गुरुङ महिला राष्ट्रिय परिषद् कास्की, नेपाल तमु विद्यार्थी छोँज धीं कास्की, तमु युवा ह्युल छोँज धीं कास्कीले स्थानीय व्यवस्थापनको भूमिका निर्वाह गर्ने बताएको छ । यसैबीच बैशाख १२ र १३ गते पोखरामा पहिलो पटक हुन लागेको तमुस्यो ह्युल छोँज धीं गुरुङ महिला राष्ट्रिय परिषद् केन्द्रीय पार्षद भेलालाई सम्पन्न गराउन स्थानीय व्यवस्थापन समितिले तयारी तिव्र बनाएको छ । भेलाका लागि जिल्ला कार्यसमितिका पदाधिकारी संयोजक रहने गरी विभिन्न उपसमिति गठन गरि तिव्रता दिइएको छ । बैशाख १२ गते सभागृह हलमा उद्घाटन सत्र हुने पार्षद भेला पूर्व पोखराको चिप्लेढुंगाबाट ¥याली निकालिने जनाएको छ । देशभरका ४ सय तमु महिला प्रतिनिधिहरुको सहभागिता रहने पार्षद भेलाको बन्द सत्र भने तमु प्ये ल्हु संघको हलमा हुने बताएको छ ।

Comments are closed.