पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३४ पुग्यो, ५ जना अझै बेपत्ता

साउन १५ गते
कास्कीमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । ५ जना अझै हराईरहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार  लुम्लेमा थप चारजनाको शव भेटिएको छ । पहिरोमा परी हराईरहेकी लुम्ले ६ की ८१ बर्षीय शियोधरी देवकोटा, पाँच महिनाकी बालिका अञ्जिला शेर्पा, ६८ बर्षीय ईन्द्र प्रसाद देवकोटा र ६२ बर्षीय रुद्रवति देवकोटाको शव भेटिएको प्रहरीले जनाएको छ । यो सहित लुम्लेमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।lumla 1
पहिरोमा पाँच बर्षीय कविता शेर्पा अझै हराईरहेका छन् । शुक्रबार दिउँसो पुनः पानी परेपछि उनीहरुको खोजीकार्यमा समस्या भएको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए । पानी परेपछि भदौरेतामागीमा गएको पहिरोमा हराईरहेकाहरुको खोजीकार्यमा समेत समस्या भएको छ ।
भदौरेतामागीमा ५ बर्षीय विश्व पराजुली, ७ बर्षीय समिर पराजुली, १० बर्षीय मन बहादुर सुनार र १० महिनाका किस्मत सुनार हराईरहेका छन् । पहिरोमा परी हराईरहेकाहरुको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपानी सेनाको करिब डेढ सयको टोली खटिएको छ ।11825793_1693153657572748_2787228389209535404_n
बुधबार राति गएको पहिरोमा पुरिएर भदौरेतामागीमा ५, लुम्लेमा २५ र ढिकुरपोखरीमा २ जनाको ज्यान गएको थियो ।
१८ जना घाईते भएका छन् तीमध्ये सात जनाको अवस्था गम्भिर छ भने दुई जना उपचारपछि डिस्चार्ज भैसकेका छन् । घाईतेहरुको पोखराको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

Comments are closed.