कास्की २८ साउन/ कास्कीमा गत १६ गते पहिरोले पुर्याएको जनधनको क्षतिप्रति देश तथा विदेशमा रहेका नेपालीहरुले दुःख व्यक्त गर्दै सहयोग गरिरहेका छन् । यो घटनाले परदेशमा रहेका धेरै नेपालीको मन दुखेको छ । त्यही अनुसार सहयोगको हात पनि बढाइरहेका छन् यसैक्रममा एभरेष्ट नेपाली समाज ब्रुग्गे बेल्जियमले कास्कीको भदौरी तामागी, लुम्ले, ढिकुरपोखरी र कास्कीकोटका पहिरो पीडितलाई सहयोग गरेको छ । समाजका ४१ जनाले पहिरो पीडतलाई सहयोग रकम संकलन गरेका थिए । समाजले ५ सय यूरो र सदस्यहरु मार्फत गरी जम्मा तिन लाख दश हजार पाँच सय ४९ रुपैया संकलन गरी आर्थिक सहयोग गरेको हो ।
लुम्लेका १९ वटा घर परिवारमा राहत बितरण गरेको छ भने १५ घरपरिवारलाई जनही सात हजार रुपैयाँ र चार घर परिवारलाईलाई ३५ सय र २८ जना मृतकका परिवारलाई जनही दुइ हजार वितरण गरिएको थियो । समाजले भदौरेमा १५ घर परिवारलाई जनही ७ हजार रुपैयाँका साथै मृतकका परिवारलाई दुइ हजारका दरले ९ जना मृतकका परिवार रकम हस्तान्तरण गरेको छ । यसैगरी ढिकुरपोखरीका दुइ जना मृतकका परिवारलाई जनही दुइ हजार र कास्कीकोेटमा एक घरमा क्षति भएकोमा सात हजार रुपैयाश्ँ प्रदान गरिएको संस्थाले जनाएको छ ।
बेल्जियमबाट एभरेष्ट नेपाली समाजका सदस्यहरु रोशन, रञ्जना, बिष्णु तिमिल्सीना र अनुप सुवेदी राहत बितरणका लागि आएका थिए भने कास्कीमा उदय सुवेदी, शिबराज त्रिपाठी, चिरञ्जीवी आचार्य, रोमन पौडेल, शालिकराम सुवेदीको समन्वयमामा राहत बितरण गरिएको थियो । एभरेष्ट नेपाली समाज ब्रुग्गे बेल्जियमका अध्यक्ष दुर्गा सुवेदीको नेतृत्वमा बेल्जियममा उक्त राहत संकलन भएको हो । कास्कीको कास्कीकोट पुख्र्यौली घर भएका सुवेदीले कास्कीमा जनधनको क्षति भएको खबर सुनेपछि, तत्काल राहत संकलन गरेर पठाइएको वताए । सोही संस्थाले रामेछाप र धादिङ्गमा भूकम्पबाट क्षति भएको बिद्यालय निर्माण पनि गरिदिने भएको छ ।
यसैगरी पोखराका चिरिञ्जिवी आचार्य र शिवराज त्रिपाठीले लुम्ले र भदौरेका १८ जना पहिरो पीडित विद्यार्थीलाई स्टेशनरी समाग्रही हस्तान्तरण गरेका छन् । साथै पहिरो पीडितलाई बचाउने दुई जना सहाशी स्थानीयलाई समाजले सम्मान गरेको छ । पहिरो आईरहेका बखत जोखिम मलेर उद्धारमा खटिएका लक्ष्मीप्रसाद पौडेल र तेजबहादुर विकलाई समाजले उपहार दिएर सम्मान गरेको हो ।
Comments are closed.