पहिलो पाइला नेपाल पोखरा शाखाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

पोखरा हटलाइन,
मनिषा लामिछाने,
पोखरा महानगरपालिका वडा न . १७ को ड्यामसाइडमा पहिलो पाइला नेपाल पोखरा शाखाले होलीको दिन बिहान सरसफाइ कार्यक्रम सम्पन्न गरेको थियो । पोखराका विभिन्न ठाँउहरुमा रङँहरु सङँ होली मनाइए पनि पहिलो पाइला नेपाल पोखरा शाखाका युवाहरु भने सरसफाइ मै व्यस्त भए । सामाजिक सन्जाल फेसबुकमा फोटो देखेको केहि दिन मै त्यस ठाउँमा पुगेर सफा गरेका थिए । सफा गर्दा ४०/४५ बोरा फोहोर फेवातलबाट निकालिएको थियो भने उक्त ताल वरीपरी बोटल मात्र नभएर कन्डम देखि प्याड, प्याम्पर्स जस्ता विभिन्न दुशीत फोहोरहरु भेटिएको थियो ।
पहिलो पाइला नेपाल पोखरा शाखाका अध्यक्ष रन्जित दनैका अनुसार “ ताल सरसफाइको नाम दर्ता भएका विभिन्न इकाइ समुहहरुले यो काम गर्नुपर्ने थियो तर देखे नदेखे गरेर छाडे , सरसफाइको लागि आएको बजेट कहाँ के भयो थाहा छैन अहिले कानमा तेल राखेर बसे“ भन्दै  दनैले गुनासो व्यक्त गरेका छन ।फेवाताल र ड्यामसाइड वरपर रहेका होटल व्यवसाय गर्नेहरुले नै दैनिक रुपमा फोहोर फालेको भेटिएको उक्त शाखाका सदस्यहरुले समस्या दर्शाएका छन ्। पहिलो पाइला नेपाल पोखरा शाखाले विगतका दिनहरुमा पनि पोखरा महानगरपालिका भित्रका विभिन्न ठाउँहरुमा येस्तै सरसफाइका कार्यक्रम हरु गरिरहेको तर महानगर अथवा फोहोर व्यवस्थापन समिति जस्ता कुनैपनि इकाइको चासो नदेखिएको कुरा पनि अध्यक्ष रन्जित दनैले बताएका छन्।

Comments are closed.