पानी खान जाँदा दाई पर्नेले बलात्कार गरे, अहिले गर्भवती भएँ

पोखरा, जेठ !४
स्याङ्जाको अर्जुनचौरपारी गाउँपालिकाका एक १९ बर्षिय युवती गत मंसिर ३ गते घाँस
काट्न जंगल गए ।  दिउँसो २ बजे जंगलमा घाँस काटेपछि उनलाई तिर्खा
लाग्यो, पानी खान नजिकै जेठा बुबाको घरमा गए  । घरमा जेठाबुबाका छोरा एक्लै
थिए ।
नाताले दाई पर्ने जेठाबुबाका ३४ बर्षिय छोराले ति युवतीलाई समाते । घरभित्रको
खाटमा राखेर बोल्न चल्न समेत दिएनन्।   उनले युवतीलाई बलात्कार गरे , बलात्कार
पश्चात यो कुरा कसैलाई नभन्नु भनेर छाडिदिए । युवती जंगलमा काटिराखेको घाँस
लिएर घर लागिन ।
बलात्कार पश्चात युवतीको रजश्वला प्रक्रिया रोकियो।   यसअघि पनि कहिलेकाँही २
महिनासम्म उनको रजश्वला रोकिन्थ्यो  । त्यही ठानेर उनले कुनै चेकजाँच
गराइनन्  । ६ महिनासम्म पनि उनको रजश्वला भएन , उनको पेट बढ्दै गयो।
त्यही बलात्कारका कारण उनको पेटमा गर्भ बसेको उनले थाहा पाइन्।
गर्भवती भएका थाहा पाएपछि युवतीले हाड नाता पर्ने दाजु वि?द्ध जिल्ला प्रहरी
कार्यालयमा मंगलबार उजुरी दिइन् । प्रहरीले बलात्कारका आरोप लागेका
युवकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको स्याङ्जा प्रहरी प्रमुख एसपी
विमलराज कँडेलले बताए  । उनका अनुसार अभियुक्त युवकलाई पक्राउ गरी
अनुसन्धानका गर्न जिल्ला अदालत स्याङ्जाबाट  म्याद थपिएको छ ।

Comments are closed.