पानी पँधेरोको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

पोखरा हटलाइन,
पोखरा,  जेष्ठ ।
पानी पँधेरोको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन, कुटी रिसोर्ट लेकसाइडमा सम्पन्न भएको छ । उक्त अधिवेशनबाट अध्यक्षमा कुलदिप भट्टराई, उपाध्यक्षमा किशोर सुवेदी, सचिवमा कमल घिमिरे, सह सचिवमा अमर बहादुर कार्की, कोषाध्यक्षमा कृष्ण प्रसाद भण्डारी, सदस्यमा कुमार प्रसाद बराल, शंकर कार्की, दिविन भट्टराई, प्रकाश गुरुङ संचालक कार्य समितिमा निर्वाचित भएका छन् । त्यसैगरी लेखासमिति संयोजकमा सुर्य कुमार श्रेष्ठ, सदस्यमा कासीराम शर्मा र हिरा बहादुर थापा निर्वाचित भएका छन् ।


२०७६ सालबाट पोखरामा संचालन गरेको यस पानी पँधेरो टे«ड प्रा.लि.ले हाल सम्म ११ वटा शाखा संचालन गरिसकेको छ ।
आगामी असोज सम्ममा २५ वटा शाखाको लक्ष्य राखेको कुरा नव निर्वाचित अध्यक्ष कुलदिप भट्टराईले बतानु भएको छ । छोटो समयमा पाएको यस उपलब्धीलाई पोखरामा मात्र होइन आगामी कार्यकालमा समग्र ४ नं. प्रदेशमै फैलाउने उद्देश्य रहेको नवचिर्वाचित सचिव कमल घिमिरेले बताउनुभयो ।


उपाध्यक्ष सुवेदीले पानी पँधेरोले वितरण प्रणालीमा मात्र होइन उत्पादन मूखी पनि बनाई आगामी दिनमा उत्पादन र वितरणलाई एकै थलोमा समावेश गर्ने योजना रहेको बताउनुभयो । यस्तै अध्यक्ष भट्टराईका अनुसार
यस प्रा.लि.ले सर्वसुलभ रुपमा गुणस्तरीय सामानको उत्पादन तथा बिक्री वितरण गरिने आगामी दिनमा सम्पूर्ण पोखरावासीलाई नै लाभान्वित हुने गरी शेयरको बाँडफाड गरी पोखराकै अग्रणी संस्थामा रुपान्तरित गर्ने योजना राखेको जानकारी दिनुभएको छ ।

Comments are closed.