पोखरा, १५ फागुन । पानी पधेरो ट्रेड प्रालि पोखराले यही वर्षको दशैं तिहार २०७७ लाई लक्षित पारि ल्याएको बम्पर उपहार योजनामा विनोद थापाले स्कुटर जित्न सफल भएका छन् । माघ २३ गते आफ्नो कर्पोरेट अफिस नागढुड्डामा घोषणा गरेको बम्पर उपहारको विजेताहरुलाई यही फागुन १५ गते शनिबारको दिन संस्थापक शाखा बगरबाट उपहार वितरण गरिएको छ । सोही वडाका वडाअध्यक्ष शारदा पराजुलीको उपस्थितिमा आयोजना गरिएको उपहार वितरण कार्यक्रममा पहिलो विजेता विनोद थापालाई यमाहाका रे जेट स्कुटर हस्तान्तारण गरिएको छ ।
दोस्रोमा सिवानी श्रेष्ठ, तेस्रो सृजना सापकोटा र चौंथो पुरस्कारमा रमानन्द पराजुली तथा सान्त्वना पुरस्कारमा इन्द्रिरा भट्टराई, अस्मिता भण्डारी, कोपिला लम्शाल लगायतलाई पनि पुरस्कार वितरण गरिएको थियो भने पूर्व सूचना अनुसार अर्धकट्टी लिएर आउन नसकेका केही विजेताहरुको पुरस्कार रोकिएको जनाइएको छ । सुर्य कुमार श्रेष्ठको संयोजकत्वमा भएको सो कार्यक्रममा संयोजक श्रेष्ठले आगामी दिनमा पनि ग्राहकको उत्साह बढाउनको लागि यस्ता थुप्रै योजनाहरु ल्याउने जनाउनुभएको छ ।
सो कार्यक्रममा पानी प“धेरो ट्रेड प्रालिका अध्यक्ष कुलदीप भट्टराईले आफ्नो भनाई राख्दै ग्राहक बर्गबाट पाएको मायालाई सदैब अ“गाल्दै आगामी दिनमा अझै धेरै शाखा विस्तार र ग्राहक बर्गहरुलाई सुपथ मुल्यमा सामानहरु उपलब्ध गराईने जनाउनुभयो । साथै उहा“ले यस कम्पनीलाई आगामी दिनमा ग्राहक वर्गलाई मध्यनजर गर्दै थप नया“ योजनाका प्रविधि र उपकरणहरु पनि व्यवस्था गराउने बताउनुभयो ।
Comments are closed.