पामको बेइमानीले स्याङ्जामा लाखौंको घिउकुमारी बिकेन

-६ क्वीन्टल बढी घिउकुमारी बारीमै
-३० हजार विरुवा तयार
-नाफा भन्दा लगानी डुब्ने चिन्ता


अमृत सुवेदी/ पोखरा १९ बैशाख
पाम एग्रोटेक बायो इनर्जी नेपाल चितवनका कारण स्याङ्जा पकवादीमा लाखौं रुपैयाँको घिउकुमारी नबिक्दा किसानलाई चिन्ताले पिरलेको छ । पाम एग्रोटेक चितवनले सम्पूर्ण बजारीकरणको जिम्मासहित पकवादी–२ गेजाका किसानलाई विरुवा विक्री गरेको भएपनि एग्रिमेन्ट पुरा नगर्दा किसान मर्कामा परेका हुन् । पटक पटक घिउकुमारीको पात र विरुवा लैजाने आश्वासन दिएपनि सहमति अनुसार नलगेको भन्दै केही किसाहरुले एग्रोटेकका संचालक रुद्र गिरीलाई प्रहरीसमक्ष बुझाईदिएपछि झन् अन्यौलता बढेको हो । 11296510_595360330605415_1353659838_o
गेजाका पाँच जना किसानको समुहले घिउकुमारीको विरुवा तथा पातको सम्पूर्ण बजारीकरण पाम एग्रोटेकले गर्ने सम्झौता गरी प्रतिबिरुवा ४० रुपैयाँका दरले १४ हजार विरुवा खरिद गरेका थिए । ८ रोपनी जग्गामा लगाइएकोे घिउकुमारीको उत्पादित पात विक्री गर्न नपाउँदा सुक्दै गएका छन् भने सम्झौता अनुसार कम्पनीले विरुवा खरिद नगर्दा झन् समस्या बढेको छ ।
रोपेको ६ महिनाबाट उत्पादन सुरु हुने र ६ बर्र्षसम्म एउटै बिरुवाबाट आम्दानी लिन सकिने तथा सम्पूर्ण बजारीकरणको व्यवस्था पामले मिलाइदिने प्रलोभनबाट घिउकुमारीको खेती गरेका किसान समयमा बिक्रि नभएर हैरान बन्दै आएका छन् । पामले ६ महिनाबाट उत्पादन दिने प्रलोभन देखाएपनि एक बर्षपछि मात्र घिउकुमारीको उत्पादन विक्री गर्नका लागि लायक हुने किसानहरुको अनुभव छ । पामले देशका अन्य ठाउँमा पनि ४० रुपैयाँ प्रतिगोटा घिउकुमारीको विरुवा किसानलाई विक्री गर्ने तर २० रुपैयाँ गोटा आफुले खरिद गरी किसानलाई ठग्ने काम गरेको आरोप लाग्दै आएको थियो ।
‘घिउकुमारीले उत्पादन सुरु गरेदेखि गाउँसम्मै पुगेर पामले नै खरिद गर्ने सम्झौता भएको थियो’ किसान नारायण भण्डारीले भने ‘घिउकुमारीको उत्पादन विक्री गर्ने समयले नेटो काट्न थालिसक्यो । हामीले सम्पर्क गर्दा आउँछुआउँछु भन्छन् तर आउँदैनन् । घिउकुमारीका पात बारीमै सुक्न थाले । विरुवा बढेर ठूला भैसके ।’ गेजाका किसान नारयण भण्डारीसँगै हिरामणी भण्डारी, विष्णुप्रसाद भण्डारी, तारा भण्डारी र चैतन्य भण्डारीले प्राविधिमार्फत माटो परिक्षण गराई करिव सात लाखको लगानीमा घिउकुमारी खेती सुरु गरेका थिए । 11083625_829623300462670_8112670068057739822_n
अहिले करिव ६ क्वीन्टल बढी घिउकुमारीका पात विक्री नहुँदा बारीमै छन् । पामले प्रतिकिलो १० रुपैयाँका दरले खरिद गर्ने सम्झौता गरेको थियो । ‘विदेश जान काठमाडौं पुगिसकेको थिएँ । साथीभाईले गाउँमै घिउकुमारी खेती गरौं भनेपछि फर्केर आएँ । सबैजना उत्साहका साथ यसमै लाग्यौ’ नारायण भण्डारीले भने‘अहिले नाफा कमाउन त परै जाओस् लगानी नै डुब्ने चिन्ताले पिरोलेको छ ।’
पामले बजारीकरण नगरिदिएपछि किसानको समुह पोखरा, काठमाडौं, बुटवल लगायत ठाउँका एग्रो कम्पनीहरुमा पनि पुगे । तर, अर्कै कम्पनीसँग सहकार्य गरेको भन्दै खरिद गर्न नमान्ने तथा एकदमै सस्तोमा खोज्ने गरेको किसान हिरामणी भण्डारीले गुनासो गरे । ‘हामीले घिउकुमारी खेती थालेको केही समयपछि नै विरुवा हलक्क बढ्दा हाम्रो पनि हर्ष बढेको थियो’ हिरामणीले भने ‘अहिले विक्री नहुँदा दाँतमा ढुङ्गा लागेको छ ।’ पाम संचालक गिरी त अहिले प्रहरी हिरासतबाट छुटेका छन् तर, किसानबाट घिउकुमारी विक्री गर्ने चिन्ता भने छुटेको छैन् । अहिले करिव ३० हजार विरुवा क्रिीका लागि योग्य छन् ।
केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा रहेको सो कम्पनीले चितवन, स्याङ्जा, पाल्पा, पन्देशी लगायत पूर्वका केही जिल्लाहरुमा पनि एलोभेरा र घिउकुमारी उत्पादनमा किसानहरुलाई लगाएको थियो । किसानहरुलाई यसको उपयोग र फाइदाका विषयमा जानकारी दिँदै यसको उत्पादनका लागि प्रेरित गरी उत्पादनलाई बजारको व्यवस्था गर्ने गरी सो कम्पनीले किसानसँग सम्झौता गरेपनि उत्पादित एलोभेरा र घिउकुमारी खरिद नगर्दा किसानहरुको लाखौँ रुपैयाँ लगानी जोखिममा परेको छ । यस्तै किसानहरुले कम्पनीले बिरुवा वितरण गर्दा गरेको सम्झौता कार्यान्वयन गर्न माग गर्दै तत्काल एलोभेरा र घिउकुमारी खरिद गर्न माग गरेका छन् । 11354581_595360263938755_1764371696_o
कृषि कार्यमा लागेका किसानहरुलाई यसको खेतीबाट हुने फाइदाहरुको विषयमा बढी जानकारी दिएर पाम एग्रोटेकले किसानहरुलाई एलोभेरा र घिउकुमारी खेती लगाउन पे्ररित गरेको थियो । किसान र कम्पनीबीच भएको सम्झौताअनुसार कम्पनीले किसानहरुले उत्पादन गरेका एलोभेरा र घिउकुमारीका पातलगायतका उपयोगी बिरुवाहरु खरिद नगरेपछि किसानहरु सञ्चालक गिरीविरुद्ध उजुरी दर्ता गरेका थिए । यस्तै कृषि पेशामा लागेका ११ जना किसानहरुलाई व्यावसायिक रुपमा एलोभेरा खेती गर्न लगाएका सञ्चालक गिरी विरुद्ध उनै किसानहरुले जिल्ला प्रहरी कार्यालय चितवनमा ८७ लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी दर्ता गराएका थिए । सोही उजुरीका आधारमा सम्झौता अनुसार कम्पनीले खरिद नगरी ठगी गरेको भन्दै सञ्चालक गिरी पक्राउ गरेको थियो । 11252352_829623100462690_5050515238400419274_n

Comments are closed.