पामे फिल्म फेस्टिवलको पाचौं संस्करण पोखराको पामे सहित पोखराका विभिन्न ठाउँमा हुने

पोखरा, २६ मंसिर ।
हटलाइन संवाददाता
कला अनि कला सँगै संस्कृति र पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्य सहित पामे फिल्म फेस्टिवलको पाचौं संस्करण पोखराको पामे सहित पोखराका विभिन्न ठाउँमा यही पौष १२ गतेदेखि १६ गतेसम्म हुने आयोजकले जनाएको छ ।
पामे चलचित्र महोत्सवमा चलचित्र प्रर्दशनी, कलाका सम्पूणर् विधा, संगीत, साहित्य, विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा नेपाली खानाका विभिन्न परिकारहरुको समेत प्रर्वद्धन हुने र चलचित्रमा यो महोत्सव, देशको राजधानी भन्दा बाहिर प्रमुख पर्यटकिय शहर पोखरामा हरेक बर्ष हुने गर्छ । पामे चलचित्र महोत्सव नेपालको पर्यटन उद्योगका लागी पनि एउटा महत्वपूणर् उत्सव हो । यसमा विश्वका २० राष्ट्रका २०० भन्दा बढी चलचित्र एवं कला क्षेत्रका हस्ती,उद्यमी,साहित्यकार,संगीतकार,लेखकहरु विच कला क्षेत्रलाई अन्तराष्ट्रियकरण गर्ने सन्र्दभमा, स्तरिकरण गर्ने सन्र्दभमा, छलफल, कार्यशाला, अन्र्तक्रिया, चलचित्र बजारका सम्भावना, लगायतका विविध विषयमा मन्थन हुनेगर्दछ ।
यति मात्र होइन, यो महोत्सवमा चलचित्रको विश्व रंगमञ्चका उत्कृष्ठ विधाहरुमा उत्कृष्ठ, कलात्मक श्रजनाहरु, प्रस्तुतीहरु पस्कने चलचित्रकर्मीहरुलाई प्रोत्साहनका लागी, विश्व बजारमा पहिचान र्निमाणका लागी पुरस्कृत पनि गरिने देश र विदेश गरी ९० वटा भन्दा बढि फिल्महरु पदर्शन गरिने उक्त मेलामा विभिन्न भाषा तथा संस्कृति समेटिएर फिल्महरु समावेश हुने पामे फिल्मका मुख्य व्यवस्थापक रिगेन्द गिरीले जानकारी दिए ।
पोखराको पर्यटन एवं नेपालको रंग क्षेत्रलाई चलायमान गराउने अभियानमा पामे अन्तराष्ट्रिय चलचित्र महोत्सव निरन्तर अगाडी बढीरहेको छ । यो महोत्सवमा विश्वभरवाट आएका लामा चलचित्र, छोटा चलचित्र एवं बृत्तचित्र गरि ८० बटा दृश्यचित्रको सहभागीता रहने कुरा आयोजकले जानकारी गराएको छ । यो महोत्सवमा यसका अलावा, साहित्यकारहरुका प्रस्तुती, विभिन्न साँस्कृतिक प्रस्तुती थारुनाच, र्याम्प वार्क, भेषभुषा सो, गुरुङ नाच, खत्रिहरुको खुकुरी नाच लगाएत नेपाली आर्कषक मौलीक प्रस्तुतीहरु रहनेछन् । यो महोत्सवको मुख्य कार्यक्रम पोखराको फेवातार किनारमा हुनेछ भने अन्य विभिन्न कार्यशाला, प्रस्तुतीहरु चलचित्र प्रर्दशन हलहरु, विभिन्न होटलहरु लगाएत पोखराका विभिन्न महत्वपूण स्थानमा हुनेछन ।https://www.youtube.com/watch?v=P3kZPrqXJGE

Comments are closed.