पारसलाई लिन यस कारण विमानस्थल गर्इनन् हिमानी

१९ चैत्र / पूर्व युवराज पारस साह केही वर्षको स्वनिर्वासन पछि स्वदेश फर्किएका छन् । विहीबार उनी स्वदेश फर्किँदा उनका शुभचिन्तकले विमानस्थलमा नै नारावाजी गर्दै स्वागत गरे ।

400xNxthumbs_p-2.jpg.pagespeed.ic.Akt-hpJEvXपारसका शुभचिन्तकले त पारस सरकार जिन्दावाद, राजा आउ देश बचाउ भन्ने जस्ता नारा लगाए । पारस साह फर्किँदा विमानस्थल नै अवरुद्ध हुनेगरी भिडभाडमा राजपरिवारका सदस्य भने कोही पनि देखिएन । पूर्व राजारानी त आफ्नो छोरो लिन गएनन् नै पारसकै पत्नि पनि विमानस्थल पुगिनन् ।

पारस साह विमानस्थलबाट आफ्ना मान्छेहरुसँग निस्किएर निर्मल निवास जान चाहेका भएपनि उनी त्यहाँ जान पाएनन् । उनलाई स्वागत गर्न विमानस्थल नगएकी उनकी पत्नि हिमानी विमानस्थल नगएपनि निर्मल निवासमा पतिलाई स्वागत गर्ने तयारी गरेकी थिइन् तर उनी पनि त्यसो गर्नबाट बन्चित भइन् । पारससँग सल्लाह भएकै कारण उनी विमानस्थल नगएको श्रोतले बताएको छ । दरवारमा उनीहरुको सम्बन्ध सुधारका लागि पनि प्रयास भैरहेको बताइएको छ ।

Parash-And-Himani

बदनामी र सम्बन्धको समस्या

पारस साह आउँदा राजदरवारमा खासै उत्साह नदेखिएको दरवार निकट श्रोतहरुले बताएका छन् । थाइल्याण्डमा पटक पटक पक्राउ पर्दै जेल परेका पारसले ठूलो धनराशी तिरेर मात्र जेलमुक्त भएका थिए । पारस साहलाई नेपाल ल्याउन दरवारले ठूलो आर्थिक खर्च गर्नु त पर्‍यो नै पारसकै कारण दरवार बढी बदनाम भएका कारण पनि कुनै पनि सदस्य उत्साहित भएर विमानस्थल पुगेनन् । दरवारले पारसका कारण बदनामी कमाउनु परेको र सम्बन्धको विषयमा समेत सार्वजनिक भएका कारण पनि तनावपूर्ण वातावरण रहेको बताइन्छ । पूर्व राजा ज्ञानेन्द्रले छोरा पारसकै कारण राजतन्त्र फर्किने सम्भावना टर्दै गएको विश्लेषणमा रहेको बताइन्छ । नेपालमा राजनीतिक अस्थिरता भएपनि पारसका गतिविधीका कारण राजतन्त्रप्रति हुनु पर्ने आस्था बढ्न नसकेको भन्दै उनी पारसप्रति आक्रोशित छन् । पारसको लागु औषध दुर्ब्यसनी पनि दरवारको चिन्ताको विषय बनेको छ । पारसलाई दरवारले पुनर्स्थापना केन्द्रमा राख्न चाहेको बताइएको छ ।nepal_news1528619_731905306872659_8573849964639285924_n

himani-shaha_20110121071330

पारसकी प्रेमिकाको त्रास

पत्नि हिमानीसँग लामो समय देखि छुट्टै बसेका र परिवारसका कसैसँग पनि राम्रो सम्बन्धमा नरहेका पारसले थाइल्याण्डमा बस्दा त्यहाँ कनिका नामकी एक प्रेमिका बनाएको विषय पुरानो भैसकेको छ । दरवारले समेत पारसको प्रेमलाई स्वीकार गरिसकेको समेत बताइन्छ । पारस साह नेपाल आउने कि नआउने आए एक्लै आउने कि प्रेमिका लिएर आउने भन्ने अनुमान र अडकलबाजी लामो समय देखि चलिरहेको थियो ।

तर पारस विहीबार काठमाडौं ओर्लिँदा एक्लै आए । पछिल्लो समयमा दरवार भित्र पारसलाई प्रेमिकाबाट छुटाउने र हिमानीसँगको सम्बन्ध सुधार गर्नका लागि पहल भैरहेको श्रोत बताउँछ । पारस पनि आफू थाइल्याण्डमा असुरक्षित भएका कारण नेपाल आउनका लागि जस्तो सुकै शर्त मान्ने अवस्थामा समेत पुगेको श्रोतको दावी छ । तर पारसलाई आफ्नो घरमा भने स्वागत गर्न तयार नभएको संकेत ज्ञानेन्द्रले पारस काठमाडौं आए लगत्तै दिएका छन् ।साभार : नेपाली हेड लाइन

Comments are closed.