पारस शाह सुटुक्क पोखरा

timthumbपाेखरा ११ बैशाख/ पूर्व युवराज पारस शाह सुटुक्क पोखरा आएका छन् । केही दिन अघि मात्रै थाइल्याण्डबाट फर्किएका पारस मुड फ्रेसका लागि पोखरा आएको बुझिएको छ । उनी बिहीबार नै पोखरा आएका हुन् । साथीभाई र नातागोतासहित आठ÷दस जनाको टोली पोखरा आएको स्रोतले जनाएको छ । उनी पोखराको फिस्टेल लजमा बसेका छन् भने आफन्तहरुसँगै फेवाताल घुमिरहेको स्रोतले जनाएको छ । उनको विशेष सुरक्षाको व्यवस्था मिलाइएको बताइएको छ । उनी व्यक्तिगत काम र पोखरा घुम्नका लागि आएका कारण कसैले चाल नपाएको प्रहरी बताउँछ ।

Comments are closed.