पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन

समाजले सिर्जनात्मक र रचनात्मक काम गरेको छ ः प्रमुख सचिव बस्याल

 

पोखरा,

पाल्पाली समाज पोखराले नयाँ वर्ष–२०७७ सालको क्यालेण्डर प्रकाशन गरेको छ ।  समाजको नयाँबजारस्थित कार्यालयमा आयोजित समारोहमा क्यालेण्डर सार्वजनिक गरियो ।

प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले समाजले पाल्पा र पोखराको पर्यटन प्रवद्र्धन लगायतमा सिर्जनात्मक र रचनात्मक काम गरेको बताए । उनले पाल्पाली समाजले सबै क्षेत्रको लागि प्रेरणादायी काम गरेको भन्दै संस्थाको गतिविधिको प्रशंसा गरे । साथै आफू जहाँ भएपनि सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

यसैगरी, लकडाउनकै कारण पाल्पाली सदस्य कोही बेरोजगारी भए आवश्यक मापदण्ड र स्वास्थ्य सचेतनासहित सामाजिक दूरी कायम गरी महानगर समन्वयमा काम दिलाउने वचन दिए ।

समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, समाजका पूर्व अध्यक्षहरु नारायण पौडेल, बाबुराम खनाल, सल्लाहकारहरु जनपुकार मुनकर्मी, श्याम कुँवर, समाजका प्रथम उपाध्यक्ष रेशम रचक, द्वितीय उपाध्यक्ष बालचन्द्र परियार, सचिव केशव नेपाल, सदस्यलगायत उपस्थित थिए ।

कार्यक्रममा प्रमुख अतिथि बस्यालले पत्रकार भरत कोइरालालाई क्यालेण्डर हस्तान्तरण गरी सार्वजनिक गरेका हुन् । समाजले नियमित रुपमा हरेक वर्ष क्यालेण्डर निकाल्दैआएको छ । क्यालेण्डरमा समाजका गतिविधि, भावी कार्यक्रम एवं पाल्पाका पर्यटकीय एवं धार्मिक केन्द्र समेटिएको छ ।

Comments are closed.