पाल्पाली समाज पोखराको २६ औं स्थापना दिवसमा मानव सेवा आश्रममा भोजनदान  

पोखरा, १२ मंसिर

 

 

 

पाल्पाली समाज पोखराले २६ औं स्थापना दिवस अवसरमा मानवसेवा आश्रममा भोजनदान तथा ४० हजार नगद सहयोग गरेको छ ।

 

समाजले पोखरा–१७, छोरेपाटनस्थित आश्रममा आश्रित १ सय ७ जनालाई बिहीबार एक छाक भोजनदान गरेको हो । तीमध्ये ५१ महिला, ५१ पुरुष र ५ जना केटाकेटी छन् ।

 

समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले सामाजिक उत्तरदायित्वस्वरुप समाजले आश्रममा सहयोग गरेको जानकारी दिए ।

 

नगद सहयोगको लागि समाजको तर्फबाट २० हजार, केशव नेपाल र पार्वती नेपालबाट ३ हजार, रेनुका बज्राचार्य २ हजार, वर्षा श्रेष्ठ, चन्द्रप्रकाश श्रेष्ठ र श्रीधर पराजुलीबाट जनही २ हजार ५ सय, पदमप्रसाद पोखरेल र सुनिल अर्याल जनही २ हजार, धनबहादुर झेंडी र यज्ञमान शाक्य जनही ११ सय, बालचन्द्र परियार १ हजार रुपैयाँ सहयोग गरिएको हो ।

 

यस्तै, समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले आमा कलाकुमारीको स्मृतिमा ५ बोरा चामल र ह्याप्पी होमबाट २ बोरा चामल सहयोग गरियो ।

 

नगद तथा जिन्सी सहयोग आश्रमका अभिभावक एवं पत्रकार सुष्मा पौडेल र आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई कार्यक्रम संयोजक लोकनाथ काफ्ले, समाजका अध्यक्ष कुलप्रसाद घिमिरे, कोषाध्यक्ष सञ्जय आत्रेय लगायतले संयुक्त हस्तान्तरण गरे ।

 

कार्यक्रममा समाजका अभिभावक एवं पत्रकार सुष्मा पौडेलले समाजको कार्यको प्रशंसा गरिन् । उनले मानव सेवा आश्रम अब हेमजामा आफ्नै भवनमा सर्ने तयारी भएको पनि बताइन् ।

 

पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवं समाजका सल्लाहकार चिरञ्जीवी श्रेष्ठले पाल्पाली समाजले झैं अन्यले पनि यस्तै सहयोग गर्नुपर्ने बताए ।

 

गत वर्ष पनि समाजले पोखराको ह्याप्पी होममा सहयोग गरेको समाजका प्रथम उपाध्यक्ष रेशम रचकले जानकारी दिए ।

Comments are closed.