धार्मिक पर्यटनको केन्द्र वन्दै पुम्दीकोट

केही दिन यता धेरैको मन पुम्दीकोटले तानेको छ। पोखरा देखि वाहिर पनि यसको चर्चा भएको छ। यही चर्चाले होला वीरगंजका व्यापारी नहाटाले पुम्दीकोटमा स्थापना गर्न लागिएको शिव मूर्ति निर्माण स्थलको विकासमा पचास लाख दान गरेर सवैलाई हौस्याउन सफल भए। फागुन ३ गते देखि शुरू भएको महायज्ञ १३ गते माहाशिवरात्रीको दिन समापन हुदैछ।यस घडिमा पोखरा र यसको सेरो फेरोमा रहेका हिन्दू धर्मामलव्वीहरूले मन फुकाएर दान गरिरहेका छन। यज्ञ शुरू भएको नवौ दिन सम्ममा रू ……… जम्मा भैसकेको छ।
झन्डै २१ करोड अनुमानित लागत  लाग्ने उक्त धार्मिक स्थलको निर्माणको नक्सांकन समेत भैसकेको छ। डिजाइन ईन्जिनियरिंग ई. वावुराम वरालले गरेका छन।व्यावसायी तथा समाजसेवी चन्द्रकान्त वरालले धार्मिक क्षेत्रस्थलको नेतृत्व गरेका छन। यज्ञको संयोजक समेत रहेका वराल परिवारले रू ७५ लाख वरावरको जग्गा दान गरेका छन। यसरी सवैलाई होस्याउदै अगाडि वँढेको योजनाले पोखराको लागि एउटा महत्वपूर्ण धार्मिक पर्यटन गर्नेहरूलाई आकर्षण गर्न सफल हुने विश्वास गरिएको छ।
पोखरालाई केन्द्रमा राखेर वरिपरि केही तीर्थस्थल निर्माण भैरहेका छन। जस्तै सरांकोटमा केवुल कार संगै माहादेवको मन्दीर , काहूकोटमा वुद्धको मूर्ती स्थापना गर्न लागिएको छ। यी मठ मन्दिर र गुम्वाहरू निर्माण भए पछि गॉंउहरूमा पर्यटक थपिने र पोखरा आउने पर्यटकको वसाई लम्विने निश्चित छ। यस वाहेक पोखराका पुराना मठ,मन्दिर ,मश्जिद ,गुम्वा, विकास नया गुम्वा र चर्चहरूको निर्माण थपिन थालेका छन। यसले पर्यटकलाई पोखरामा केही समय वढि विताउन सहयोग पुर्याउने छ।
पोखरा आफैमा सुन्दर सहर हो। पर्यटकको रोजाइमा परेको सहरहो।विश्वका दश सुन्दर सहरहरू मध्येको एक हो। यस्ता कुरा भनिदै आए पनि पोखरा आउनेहरूले हेर्ने र घुम्ने भनेका माछापुच्छ्रे हिमाल अन्नपूर्ण र धवलागिरी हिमालको श्रींखला , सेतीको खोच , फेवाताल, वेगनासताल , डेविड फल , महेन्द्रगुफा, विन्दवासीनी वौद्ध गुम्वा , वाराही , भद्रकाली, सरांकोट रहेका छन। यी क्षेत्रहरूको समुचित विकास गर्न सकियो भने पोखरामा प्रकृति प्रेमी मात्र होईन धार्मिक र समंस्कृतिक पर्यटक हरूको आवागमनमा वृद्धि हुनेछ। जसले पोखरालाइ विश्वमा चिनाउन सजिलो हुनेछ।

Comments are closed.