पाेखराकाे मेगा र कल्पवृक्ष लुटपाट काण्डका अर्का अभियुक्त यसरी समातिए

पोखरा, २१ असार/ पोखराको मेगा बचत तथा ऋण सहकारी र कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्थाको रकम लुटपाटमा संलग्न अर्का अभियुक्त पनि पक्राउ परेका छन् । दुवै घटनामा संलग्न रोल्पाको घोडागाउँका विजय केसीलाई यही असार १८ गते प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो । केसीको समूहले २०७० साल भदौ २८ गते पोखराको नयाँबजारस्थित कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्थाको ९ लाख रुपैयाँ लुटपाट गरेका थिए । सोही समूहले नै २०७१ साल बैशाख १५ गते यती डेभलपमेन्ट बैंकका कर्मचारी भगवान बराललाई गोली हानेर ३१ लाख ४२ हजार रुपैयाँ लुटेका थिए ।bijaya-kc
पोखराको मेगा सहकारी लुटपाटपछि सोही समूहले नै रौतहटको चन्द्रनिगाहापुरमा अर्को बैकबाट रकम लुटेका थिए । रौतहटको एसबिआई बैंक लुटपाटपछि नारायण राई पक्राउ परेपछि, प्रहरीले श्रृंखलाबद्ध बैंक लुटपाटमा एउटै समूहको संलग्नता रहेको पुष्टि गरेको थियो । रौतहटबाट पक्राउ परेका राईको बयानका आधारमा मेगा सहकारी लुटपाटको योजना बनाउने मुख्य अभियुक्त सुशिल कुमार दुलाललाई प्रहरीले पोखराको लेकसाईडबाट पक्राउ गरेको थियो ।
शुक्रबार कञ्चनपुरबाट केसी पनि पक्राउ परेपछि, लुटपाटपछि फरार रही पक्राउ पर्ने अभियुक्तको संख्या तीन पुगेको छ । यही काण्डमा संलग्न वसन्त गिरी भने अझै फरार छन् । उनको खोजी भैरहेको कास्की प्रहरीले जनाएको छ ।
चन्द्रनिगाहापुरको एसआईबी बैंकबाट रकम लुटेर भाग्दै गर्दा नारायण राई पक्राउ परेपछि, मात्रै मेगा सहकारी गोली काण्डको रहस्य खुलेको थियो ।
सोमबार पक्राउ परेका केसीमाथी अवैध हतियार बोकेको आरोप समेत लागेको थियो । उनलाई कार्वाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको कास्की प्रहरीका प्रवक्ता केदार रजौरेले जानकारी दिए ।

Comments are closed.