पाेखरादेखिका पर्यटकीय पैदलमार्ग अब साइकलमार्गसहित

पोखरा, ६ भदौ ।
पर्यटकीय पैदलमार्ग निर्माण समिति र साइकल सिटी पोखराको संयुक्त भेलाले सराङ्गकोट–कास्कीकोट–ढिकुरपोखरी–भदौरेतामागी–पञ्चासे–विश्वशान्ति स्तूपा हुँदै डेमसाइड जोड्ने निर्माणाधीन पर्यटकीय पैदल मार्गलाई साइकलमार्ग सहितको रुपमा निर्माण गर्न एक आपसमा सहकार्य गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

कार्यक्रममा विश्व साइकल यात्री पुष्कर शाहले आफूले १ सय ५१ देशमा साइकल यात्रा गरेको, विभिन्न ठाउँका प्राकृतिक, भौगोलिक अवस्थाको अध्ययन गरेको अनुभवका आधारमा यस क्षेत्रलाई विश्वकै सुन्दर पर्यटकीय मार्गको रुपमा विस्तार गर्न सकिने बताए । उनले पोखरालाई आफ्नो मावली गाउँका रुप्मा हेरेकोले यसलाई साइक्लिङ्ग मार्गको रुपमा विस्तार गर्न आफूले सकेसम्म सहयोग गर्ने बताए ।

साइकल सिटी पोखराका अध्यक्ष जितेन्द्रमान शाक्यले आफूहरुले पोखरा आसपासको क्षेत्रमा एउटा साइकल मार्गको गन्तव्य खोजिरहेको अवस्थामा पर्यटकीय पैदल मार्ग निर्माण समितिले फेवाताललाई केन्द्रमा राखेर हिमालको दृश्यलाई समेत सँगसँगै हेर्न मिल्ने गरी करीब ७४ कि.मी पर्यटकीय पैदल मार्ग निर्माण गर्दै गरेको अवस्थामा आफूहरुले सहकार्य गरी उक्त मार्गलाई अझ साइक्लिङ्ग मार्गको रुपमा विस्तार नर्ग अवसर दिएकोमा पर्यटकीय पैदल मार्ग निर्माण समितिलाई धन्यवाद दिए ।
cycle-lane
साइकल सिटी पोखरा अन्तर्गताको साइकलमैत्री पर्यटकीय शहर पोखरा निर्माण परियोिजनाका संयोजक निरज थापाले पर्यटकीय पैदल मार्गलाई साइक्लिङ्ग मार्गको रुपमा विस्तार गर्दा सुनमासुगन्ध हुने कुरा बताए । उनले पोखरा आसपासका रमणीय ग्रामीण क्षेत्रलाई समेटेर पर्यटकीय मार्ग निर्माण गर्नु निर्क प्रसंसनीय रहेको बताउँदै अबका दिनहरुमा आफूहरुलाई आधा भार थपिएको र पैदल मार्ग निर्माण समितिलाई आधा भार कम भएको बताए ।

OLYMPUS DIGITAL CAMERA

कार्यक्रममा साइकल संघ कास्कीका उपाध्यक्ष शंकर भण्डारी, पर्यटकीय पैदल मार्ग निर्माण समितिका संरक्षकद्वय दुर्गा प्रसाद तिमिल्सिना र राम प्रसाद तिमिल्सिना, साइकल सिटीका उपाध्यक्ष प्रकाश बज्राचार्य, सचिव महेन्द्रराज कोइराला, सराङ्गकोट उपसमितिका अध्यक्ष एवम् मुल समितिका उपाध्यक्ष टिकाराम चपाई, कोषाध्यक्ष हरिप्रसाद अधिकारी, उपसमिति सराङ्गकोटका सचिव शिवप्रसाद तिमिल्सिना, कास्कीकोट उपसमितिका अध्यक्ष धर्म गिरी, लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

 

सोही अवसरमा साइकल मैत्री पर्यटकीय शहर पोखरा निर्माण परियोउजनाका संयोजक निरज थापाले साइकल मैत्री पर्यटकीय शहर निर्माण परियोजना प्रस्तावना पत्र कार्यक्रमका अध्यक्ष विष्णुहरि शर्मालाई हस्तान्तरण गरे ।

टान कास्कीले सहयोग गर्ने

पोखराको जरेबरदेखि सराङ्गकोट–कास्कीकोट–ढिकुरपोखरी–भदौरेतामागी–पञ्चासे–विश्वशान्ति स्तुपा हुँदै डेमसाइड जोड्ने निर्माणाधीन पर्यटकीय पैदलमार्गको निर्माणको लागि टान कास्कीले सहयोग गर्ने भएको छ । टान कास्कीका अध्यक्ष एवं पर्यटकीय पैदलमार्ग निर्माया समितिका सल्लाहकार रामचन्द्र शर्माको अध्यक्षतामा बसेको बैठकले उक्त पदमार्ग निर्माण समितिलाई एकलाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको र सहयोगलाई निरन्तरता दिंदै थप्दै जाने पैदलमार्ग निर्माण समितिका अध्यक्ष विष्णुहरि शर्माले जानकारी दिए ।

Comments are closed.