पाेखराबाट नेपालमा पनि आम आदमी पार्टी उदय,

पाेखरा २३ चैत्र /नेपालमा भ्रष्टाचार विरुद्ध लड्ने भन्दै नयाँ पार्टीको उदय भएको छ । नेपाल आम आदमी पार्टी नाम दिएर नयाँ पार्टी उदय भएको छ । पोखरामा भएको भेलाले गोमन सिंहको अध्यक्षतामा पार्टी गठन गरेको हो । साथै पार्टीले सबै प्रकारका भ्रष्ट कार्यलाई सार्वजनिक गर्दै कार्वाहीका लागि राज्यका निकायमा सार्वजनिक गर्ने र कुनै पनि भ्रष्टाचार तथा अनुचित कार्य हुन नदिन सचेतना कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको पार्टीका अध्यक्ष गोमन सिंहले बताए ।

चैत्र २० र २१ गते पोखरामा भएको गोप्य भेलाले पार्टी गठन गरि आइतबार पत्रकार सम्मेनल गदै पार्टीको नाम सार्वजनिक गरेको हो । पार्टी प्रवक्ता सक्षम थापाले देशका विभिन्न स्थानका सामाजिक अभियन्ताहरुको सामूहिक सक्रियतामा ७५ जिल्लालाई नै समेटेर ८३ सदस्य समिति गठन गरेको जानकारी दिए । भारतसँग कुनै पनि दलहरुसँगको हस्तक्षेप नभएको भन्दै भ्रष्टाचारका विरुद्ध कार्य गर्ने पार्टी वा संघसँस्थासँग भने मित्रवत् व्यवहार गर्ने प्रवक्ता थापाले बताए ।

देशको आवश्यकता र जनताको चाहनाअनुरुप पार्टीको स्थापना गरेको भन्दै थापाले पार्टीले आफ्नै नीति नियम बनाएकोले सोही अनुसार कार्यक्रम थाल्ने पनि उनको भनाई छ । उनले आगामि २०७२ साल मंसिर २५ देखि देखि २९ सम्म काठमाण्डौमा महाधिवेशन गर्ने र पार्टीको नाम समेत परिवर्तन गर्न सकिने बताए ।

Comments are closed.