फेरी भूकम्पकाे ठुलाे धक्का, सर्वसाधरण त्रसित

१२ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुुस भएको छ ।  १ बजेर २३ मिनेटमा  लगत्तै पुन अर्को पराकम्पन गएको छ । पराकम्पन समेत ५.३ म्यानिच्युट मानिएको बताइएको छ । छाेटाे समय महशुस भएकाे  भूकम्पकाे पाेखरामा धक्का भने ठूलाे  थियाे ।   भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घरबाट बाहिर आएका छन् । दाेलखा र सिन्धुपाल्चाेकबीचकाे सुनखानीलार्इ केन्दिवन्दु बनाएर गएकाे  ७‍.१ रेक्टर स्केलकाे  भूकम्प गएकाे बताइएकाे छ । भूकम्पबाट कति क्षति भयाे भन्ने तथ्याङ्क अाइसकेकाे छैन ।

वैशाख १२ गतेको ७.८ रेक्टर स्केलको विनोशकारी भूकम्पले त्रसित मानिसहरु फेरि भूकम्प गएपछि त्रसित भएका छन् । तर, विज्ञहरुले भने ठूलो धक्कापछि केही समयसम्म धक्का महसुस भइरहेकाे बताएका छन् । फेरी पनि पराकम्पन जारी भैरहेपछि पाेखरा अासपासका मानिसहरु पनि घर बाहिर निस्केका छन् ।  11147177_835225539891145_554478960162643135_n

भूकम्पले तनहुँको सदरमुकाम दमौलीकाे एक पसलमा पुर्‍याएकाे क्षति । तस्विर- प्रकाश अधिकारी 

Comments are closed.