तस्वीरहरु सञ्जय शाक्य । पोखरा, २८ साउन ।
गुरुङ समुदायको बाहुल्यता रहेको पोखरामा धुमधामले ट्यहोंटे बर्व मनाइएको छ । गुन्यु चोली, घलेक, पटुकी, टिकी र पछ्यौरामा सजिएका महिलाहरु र कछाड, आसकोट र भाङग्रा सहित मौलिक र परम्परागत पोशाकमा सजिएका पुरुषहरुले पोखरामा र्यालीसहित धुमधाले ट्होंटे मनाएका हुन् ।
विगतमा गाँउ घरमा भुतप्रेत धपाउने र रोग ब्याधि नलागोस भन्ने उद्देश्यले सो पर्व मनाउने चलन रहेको थियो । पछिल्लो पटक देशमा संविधान निर्माणका काम भैरहेको भन्दै सिमाङ्नसहितको संविधान र आदिबासीको हकअधिकार सुनिश्चितताको माग गर्दै मनाइको छ ।
तमुधि नेपालका अध्यक्ष कर्मा तुमले विगतमा गाँउघरमा भुतप्रेतको डर हुने भएकाले ट्होट मनाउने गरिएपनि पछिल्लो समयमा शहरमा केन्द्रीत भएकाले विगत केही वर्षयता देशमा मौलाएको विकृति, विसंगती र भष्ट्राचारको अन्यत गदै सिमाङकन सहितको संविधान र आफना अधिकारहरुको सुनिश्चितताको माग गदै मनाइएको बताईन् ।
तमु जातिको मौलिक साँस्कृतिक पर्व ट्होटें तमुहरुले वर्षको दुई पटक साउनको अन्तिम मंगलबार र चैतको अन्तिम मंगलबार उधौली र उघौलीको रुपमा मनाउने गर्दछन् । गुरुङ भाषामा ट्होटेंको शाब्दिक अर्थ ट्हो भनेको गाँउ बस्ती र टें भनेको शत्रु धपाउने भन्ने वा शत्रु धपाएर समाज सुरक्षित राख्ने भन्ने बुझिन्छ । ट्होटे मनाउन कास्कीका तमुहरु पोखराको पुरानो टुडिखेलमा भेला भई झाँकी जुलुस बाजागाजा सहित बागबजार, बिन्दवासिनी, भैरवटोल, नालामुख, चिप्लेङगा, भिमसेन चोक, नयाँबजार हुदै तमु धिं नेपालको प्राङण नयाँबजारमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
तमु धिं नेपालले २०५२ सालदेखि पोखरामा संस्थागत रुपमा ट्होटें मनाउन थालेदेखि साँस्कृतिक पर्वको संरक्षण, तमु जातिको एकता र गुरुङ भेषभुषाले प्रचार प्रसार भएको तमु धिं नेपालले दावी गरेको । तमु धिं नेपालका ४५ वटा क्षेत्रीय तमु समाजहरु, तमु धिं अन्र्तगतको तमु विद्यार्थी समिति, गुरुङ युथ फोरम, आमा समिति, नारी समिति लगायत अन्य तमु र गैर तमु संघ संस्थाको सहभागिता रहेको थियो । तमुहरुको सांस्कृतिक पर्व मनाउन र त्यसको संरक्षण गर्न भन्दै जिल्ला शिक्षा कार्यालय कास्कीले मंगलबार कास्कीका विद्यालयहरुमा विदा दिएको थियो । तमु धि नेपालको आग्रहमा जिल्ला शिक्षा कार्यालयले सोमबार सम्पुर्ण विद्यालयलाई स्थानिय विदामा कट्टा हुने गरि विदा दिन निर्देशन दिएको थियो ।
Comments are closed.