छन्ददिवसकाे सन्दर्भमा माधव वियाेगी बाङ्मय प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने माधव वियाेगी सम्मान बरिष्ठ लाेकगायिका प्राज्ञ हरिदेवी काेइरालालाई बिहीबार प्रदान गरिएकाे छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठाकाे सहकार्यमा माधव वियाेगी बाङ्मय प्रतिष्ठान नेपालद्वारा गण्डकी प्रज्ञा प्रतिष्ठानकाे सभाहलमा आयाेजित भव्य कार्यक्रमबीच काेइरालालाई प्रमुख अतिथि महाकाव्यकार जनार्दनशरण त्रिपाठी र प्रतिष्ठानकी प्रमुख संरक्षक सरिता घिमिरेले दाेसल्ला,माला र सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि त्रिपाठीले छन्ददिवसकाे आैचित्य पुष्टि भएकाे बताए । साथै उनले असल स्रष्टालाई सम्मान गर्न पाएकाेमा खुसी समेत व्यक्त गरे ।
कार्यक्रममा छन्द नायक एवम् महाकाव्यकार माधव वियाेगीले आफूले २०५३ सालदेखि एकादेशकाे कथा हुन नदिन, काव्यसंस्कृतिकाे रक्षा गर्न,युवा र बाल पुस्तालाई छन्दप्रति आकृष्ट पार्न तथा छन्दलाई जीवनशैलीका रूपमा विकास गर्नका लागि , राष्ट्रव्यापी अान्दाेलनका रूपमा छ्न्द बचाऊँ अभियान-२०५३ काे संचालन गरेकाे भन्दै छन्ददिवस सबैकाे साझा दिवस भएकाे बताए । साेही अभियान शुरू भएकाे दिन वैशाख ८ गतेलाई नेपाल सरकार पन्चाङ्ग निर्णायक समितिले छन्ददिवसका रूपमा मान्यता दिएपछि देशविदेशमा छन्ददिवस मनाउन थालिएकाे जानकारी पनि उनले दिए ।
साे अवसरका डा. तुलसी प्रवासले ´ छन्द र छन्ददिवसकाे सान्दर्भिकता´ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मान ग्रहणपछि प्राज्ञ काेइरालाले आाफू सदा लाेगीत र संस्कृति प्रति प्रतिबध्द रहेकाे बताइन् । त्यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले छन्ददिवससलाई वार्षिक कार्यक्रममा समावेश गरेकाे जनाउँदै प्रतिष्ठान बाङ्मयकाे विकासमा प्रतिबध्द रहेकाे बताए ।
साे अवसरमा छनाेट गरिएका डा. नारायण अधिकारी,डा. जगन्नाथ रेग्मी, छविलाल आचार्य,अम्बिका भट्टराई, कल्पना भट्टराई ,रूद्रबहादुर थापा,वसन्त चालिसे,चन्द्रावती वाग्ले,कमल काेइराला,शिव त्रिपाठी,ज्वलन्त प्रेमी, युवराज घिमिरे,तारानाथ पराजुली,निर्मला अर्याल,रमा खतिवडालगायतका १५ जना कविले कविता वाचन गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष रामनाथ अधिकारी `सँगी´ काे सभापतित्वमा भएकाे साे कार्यक्रममा स्वागत गण्डकी प्रज्ञा प्रतिष्ठानका कार्यबाहक कुलपति गाेरे गुरुङ्ले र सन्चालन छन्दमणि र छन्दिकाले संयुक्त रूपमा गरेका थिए ।
Comments are closed.