पाेखरामा यातायात मजदूरको भेला

पोखरा, ८ चैत्र/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीको आयोजनामा शनिबार ट्रक, ट्रयाक्टर, हेभी इक्यूपमेन्ट, ढुवानी क्षेत्रका यातायात मजदुरको भेला भएको छ । भेलाले वैशाख ३ र ४ गते राप्ती अञ्चलको दाङ्गमा हुने ट्रक, ट्रयाक्टर, हेभी इक्यूपमेन्ट र ढुवानी इकाईको निति सम्मेलनको लागि प्रतिनिधि समेत चयन गरेको छ ।
ढुवानी इकाईबाट टीकाराम अधिकारी, मुक्त बहादुर राई, पावर टे«लर ट्रयाक्टरबाट दिपक श्रेष्ठ, ट्रक ट्रिपर हलेदीबाट सुरेन्द्र तामाङ्ग चयन भएको यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव कर्णसिंह गुरुङले जानकारी दिए । यातायात स्वतन्त्र मजदुर संगठनका राष्ट्रिय प्रतिनिधि परिषद प्रमुख ईश्वर प्रसाद आचार्यले यातायात मजुदरका तमाम समस्यालाई हल गर्न भन्दा पनि राज्य अनेक निति नियमले बाधेर मजदुरलाई नियन्त्रण गर्न खोजेको आरोप लगाए ।
यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले सरोकारवालाको प्रतिनिधित्व नगराई राज्य सिमित व्यक्तिको भरमा यातायात क्षेत्रका नितिहरु बनाउन लागेको बताए । संगठनका अञ्चल अध्यक्ष विष्णु बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सचिव कर्णसिंह गुरुङ, पुर्व महासचिव तथा जिफन्टका गण्डकी, धौलागिरी उपाध्याक्ष रुद्र बहादुर खत्री, संगठनका केन्द्रीय सदस्य तथा अञ्चल इन्चार्ज विष्णु बहादुर पराजुली, अञ्चल सचिव कमल प्रसाद पौडेल, सदस्य हरि बहादुर कार्की, सल्लाहाकार इन्द्र बहादुर गुरुङ, प्रेस चौतारी कास्कीका पुर्व अध्यक्ष श्याम कुँवर लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।

Comments are closed.