पाेखरा न्यूराेडमा अागलागी, दुर्इ पसल खरानी, दुर्इ घाइते, डेढ कराेड क्षति

agoपोखरा १२ चैत । पोखराको न्यूरोडमा आगलागी भएको छ । आगलागीबाट दुई पसल, ३ ओटा मोटरसाइक जलेर नस्ट भएका छन् ।  डिआइपी फर्म हाउस  र  प्रत्युसा रङ्ग पसलमा आगलागी भएको हो । विहान ६ः४५ बजेबाट लागेको आगोले पसलमा पूर्णमा क्षति पुगेको छ । करिव तीन घण्टाकाे प्रयासपछि अागाे नियन्त्रणमा अाएकाे थियाे । अागलागीबाट ५० लाख बराबरकाे फम अाउस, ७० लाख बराबरकाे पेन्ट हाउस र तीन वटा माेटर साइकल गरी करिव डेढ कराेडकाे क्षति पुगेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । यामबहादुर गुरुङको घरमा आगो लागेको हो । 10953391_10206649395899576_1757767503112691711_n

तिन ओटा मोटरसाइकल पूर्ण रुपमा क्षति पुगेकाे छ भने ग ६ प २७७७ नम्वरको सिविजेड मोरसाइकल आशिंक जलेको छ । पोखराको ब्यस्त बजार न्यूरोडमा आगोलागी भएपनि दमकल समयमा नअाएका कारण ठूलाे क्षति भएकाे प्रत्यक्षदर्शीले भनार्इ छ ।  आगो निभाउन पोखरा उपहानगरपालिकाका दुई दमकल, नीजि पानी बोक्ने तिन ट्यांकर प्रयोग भएका थिए । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयबासीको प्रयासमा करिव आधा घण्टामा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

आगलागीमा दुई जना घाइते भएका छन् । गोविन्द पराजुली र शर्मिला गुरुङ घाइते भएका हुन् । त्यस्तै माथिल्लो तल्लामा रहेकी ५ वर्षिय बालिका आयुष्का अधिकारीलाई भने प्रहरीले उद्धार गरेको छ । उनकी आमा अनुष्टका अधिकारी बेहोस रहेको र उपचार भैरहेको कास्की प्रहरी प्रवत्ता केदार रौजेले जानकारी दिए । अझै अागाे निभाउन ढिला भएकाे भए सँगै जाेडिएकाे गण्डकी विकास बै‌कमा समेत अागाे लाग्न सम्भावना थियाे । unnamed (18)

जलेका सामान बाहिर निकाल्दै नेपाली सेना तथा प्रहरी । unnamed (12)

अागाे 10849973_1639032236311090_2563108879687136955_nनिभाउँदै दमकल र जम्मा भएका मानिस । unnamed (7)

जलेर नस्ट भएकाे फर्म हाउस । unnamed (4)

अागलागी भएकाे यामबहादुर गुरुङको घर । unnamed (5)

 

 

जलेर नस्ट भएका सामान तथा रङ ।

-तस्विर-सञ्जय शाक्य

Comments are closed.