पाेखरा १८मा नेतृत्व विकास तालिम

                                                                                  महिला सञ्जाल पाेखरा १८ काे अायाेजनामा र पाेखरा महानगरपालिका वडा न १८ वडा कार्यालयकाे सहयाेगमा सनिवार वडा भित्रका  ३२ वटा अामा समुहका पदाधिकारिहरूकाे लागि नेतृत्व विकास तालिम सुरू भयाे। कार्यक्रमलाई व्यानरमा हस्ताक्षर गरि उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका उपसभामुख श्रृजना शर्माले  महिलाहरूकाे नेतृत्व विकास हुन सके सिन्गाे समाजलाई सहयाेग पुग्ने वताउदै सुखि नेपाली संमृद्द नेपाल निर्माण गर्न महिलाहरूलाई  नेतृत्वमा पुर्याउनुपर्ने वताईन्। कार्यक्रममा वडा प्रतिनिधि ज्ञान वहादुर थापाले महिलाहरूमा हुने विभेदकाे अन्त्य गरि समतामुलक  समाज निर्माण गर्नु पर्ने वताए । कार्यक्रममा नेपाल रेडक्रस साेसाईटि पाेखरा ९ उपसाखाका सचिव प्रकाश शर्माले महिलाहरूलाई नेतृत्वमा पुर्याउन सवैकाे सहयाेग हुनुपर्ने वताए। वडा प्रतिनिधि सरला नेपालिले महिलाहरू चुलाेचाैकामा मात्र सिमित रहने हाेईन नेतृत्वमा रहनुपर्ने वताईन्। कार्यक्रममा पार्वति काेईराला ,रेना गुरूङ लगायतले मन्तव्य राखेका थिए।कार्यक्रम महिला सञ्जाल पाेखरा १८ का अध्यक्ष भाेजकुमारि थापाकाे अध्यक्षतामा र सचिव लक्ष्मि थापाकाे सञ्चालनमा  भएकाे थियाे।

Comments are closed.