पाेविविमा विद्यार्थीले लगाएको ताला प्रशासनले फोड्याे

पोखरा, २१ असार/ कास्कीको लेखनाथमा रहेको पोखरा विश्वविद्यालयमा अनेरास्ववियू समर्थित विद्यार्थीहरुले लगाएको ताला विश्वविद्यालय प्रशासनले प्रहरीको सहयोगमा फोडेको छ । ताला फोडिएपछि, आइतबार बिहानैदेखि विश्वविद्यालयको पठनपाठन सुरु भएको छ । प्रशासनिक कामकाज समेत सुचारु भएको विश्वविद्यालयका रजिष्टार डा. दिपक भण्डारीले जानकारी दिए ।

j,गल्ती गर्ने विद्यार्थीलाई गरिएको कार्वाही फिर्ता लिँदा यस्ता घटनाले झन् प्रश्रय पाउने भन्दै विद्यार्थीहरुका नचाहिँदो माग पुरा गराउन नसकिने भएकाले विश्वविद्यालयको कार्य सुचारु गरिएको भण्डारीले बताए । विश्वविद्यालयका उपकुलपती डा. विष्णुराज तिवारीले विद्यार्थीहरुले शैक्षिक विकासको माग लिएर आउनुपर्नेमा नचाहिँदो र राजनीतिक आस्थाका भरमा विश्वविद्यालयलाई नोक्सान गर्ने गतिविधि गर्न नहुने बताए ।

प्राध्यापक डा. गोविन्द लामिछानेलाई दुव्र्यवहार गरी शौचालयमा थुन्ने तीनजना विद्यार्थीलाई अनुशासनको कार्वाही गरेपछि, कार्वाही फिर्ता हुनुपर्ने भन्दै अनेरास्ववियूका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालयमै अनिश्चितकालिन तालाबन्दी गरेका थिए ।
अनेरास्ववियूका नेता सुवास मल्लले उच्च राजनीतिक तहबाटै वार्ताको पहल भैरहेकाले तत्कालका लागि कुनै आन्दोलनका कार्यक्रम तय भैनसकेको बताए । आइतबार विश्वविद्यालयमा केही तनावको स्थिती सिर्जना भएपनि सोमबारदेखि नियमित पठनपाठन हुनसक्ने उनले बताए ।

Comments are closed.