पिउने पानीमा ब्रह्मलुट ः ११ रुपैयाँमा किनेर २५ रुपैँयामा बिक्रि

उमा आलेमगर
पोखरा, २७ वैशाख

पोखरा बजारमा पाइने ‘ड्रिङकिङ वाटर’ अर्थात पिउने पानीमा व्यापारीहरुले उपभोक्ताबाट ब्रमलुट गर्ने गरेका छन्। उद्योगबाट एक वोत्तल बराबर ११ रुपैया ६६ पैसामा किनेको पानी व्यापारीहरुले २५ रुपैयामा उपभोक्ताहरुलाई बेच्ने गरेका छन्। पानी उद्योगले दिएको खरिद मुल्य भन्दा एक सय १४ प्रतिसत मुनाफा गरेर पानीका व्यापारीहरुले उपभोक्ताहरुलाई खुलेआम ठग्ने गरेको उपभोक्ताहरुले बताएका छन्।

११ रुपैयामा किनिएको ‘ड्रिकिङ वाटर’ हामीले २५ रुपैयामा किन्न पर्ने अवस्था छ, उभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले पानीको वोत्तलमा टाँसिएको मुल्य लेवलमा उल्लेख भएको अनुसारको मुल्यमा मात्र बिक्री गर्नुपर्ने बताए । कोईरालाका अनुसार पानीको निरन्तर अनुगमन हुने गरेको भएपछि अनुगमन गर्दा पानीको गुणस्तरियता र वोतलमा तोकिएको मुल्यमा पानी बिक्रि वितरण भए नभएको मात्र अनुगमन हुने बताए । व्यापारीले पानी प्रतिवोतल कति रुपैँयामा बिक्रिवितरण गरिरहेको त्यो अनुगमनमा नपर्ने उनले बताए । पानीको मुल्य निर्धाराण विधि सिमित हुनुपर्ने उनको भनाई छ । स्थानिय सरकारले त्यसतो प्रविधि बनाउनुपर्ने र पानीको मुल्य सरकारी निकायले नै तोक्नुपर्ने कोइरालाले बताए । उनले पानी उद्योगहरुलाई एमआरपी नै राखेर पानीका बोत्तल बजारमा पठाउन आग्रह गरे।

खुलेआम उपभोक्ता ठगी गर्नेलाई कानुनी कारवाही हुनुपर्ने सामाजिक अभियन्ता तथा नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले बताए । पौडेलले उपभोक्ता मञ्चको फितलो अनुगमनका कारण व्यापारीले बढी मुनाफा गर्ने हेतुले बढी मुल्यमा पानी बिक्रि वितरण गर्ने बताए । उपभोक्ता मञ्च आसन र भाषणमा सिमित भएको आरोप लगाउँदै पौडेलले सक्रिय रुपले अनुगमन गर्नुपर्ने बताए । त्यसको लागि सबैले आ—आफ्नो ठाउँबाट दबाब दिनुपर्नेमा उनले जोड दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले प्रशासनले बढी मुल्यमा पानी बिक्रि वितरण गर्नेलाई अनुगमन गरेर कारवाही गरिरहेको जानकारी दिए । बढी मुल्यमा बिक्रि वितरण गरेको पाइएमा १ वर्ष कैद र १ लाख रुपैँया सम्म जरिवाना हुने अधिकारीले बताए । उनले उत्पादन उद्योगहरुले सर्वसुलभ मुल्यमा पसल–पसलमा शुद्धिकरण गरिएको खानेपानी पु¥याए पनि व्यापारीहरुले आफुखुसी मुल्य निर्धारण गरी वेचविखन गरी रहेकाले अनुगमनलाई अझ कडाईका साथ लागु गर्ने बताए ।

यता पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भने १ बोतल पानीलाई व्यापारीले २५ रुपैँयामा बेच्नु आफुलाई अस्वभाविक नलाग्ने बताउँछन् । उनले भने— व्यापारीले स्वतन्त्र रुपमा व्यापार गर्न पाउनुपर्छ । व्यापारीका पनि त समस्या हुन्छ्न्ः कहिले बत्ति हुदैँन, कहिले टाढा सम्म पानी पु¥याउन जानुपर्छ । उनीहरुको लगानी हुन्छ, मिहिनेत हुन्छ, त्यसैले पानी २५ रुपैँयामा बिक्रि गर्नु मलाई अस्वभाविक लाग्दैन पालिखेले बताए ।

कास्की जिल्लामा ड्रिङकिङ बाटर उत्पादनको लागि स्थापना भएका उद्योगहरु २३ वटा रहेका छन्। अधिकांश उद्योगहरुले ड्रिकिङ वाटर उत्पादन गरि विक्रि वितरण गरिरहेका छन्। नेपाल बोटल वाटर उद्योग संघ क्षेत्रिय कार्यालय पोखराका अनुसार जिल्लामा २३ वटा खानेपानी उद्योगले उत्पादन गरिएका छन्।

 

Comments are closed.