जर्मन ।
पुजा कापी उधोग प्रा लि भरतपुर -४ चितवन को दोस्रो बार्षिक साधारणसभा जर्मनीको शहर गोटिङगनमा सम्पन्न भएको छ |
अत्याधुनिक पुर्ण स्वचालित प्रबिधीबाट सन्चालनमा आएको नेपालीको एकमात्र यस उधोगले जर्मनमा गरेको साधारणसभा को प्रशम्शा गर्दै प्रमुख अतिथि गैर आबासिय नेपाली सङघ ( NRN) जर्मनीका वरिष्ठ उपाध्यक्ष मिलन राज पन्तले पुजा कापी उधोगको सम्पुर्ण टिमलाई स्वागत गर्दै पुजा कापी उधोगलाई तथा यसको टिमलाई जर्मनी लगायत NRN को समुहले जुनसुकै प्रकारको सहयोग गर्न आतुर रहेको जानकारी गराउनुभयो | नेपाल बिश्व ब्यापार सङ्गठनको सदस्य समेत रहेको हुदा कानुनी रुपमा नेपालीहरुलाई अन्तर्राष्ट्रिय ब्यापार गर्न दिएको खन्डमा नेपालको बर्तमान रेमिटेन्स केही बर्ष मा नै दोब्बर हुने साथै खुला अर्थनीति र लगानीको दिगो सुरक्षा को प्रत्याभूति दिन सकेमा गैर आवासिय नेपाली तथा अन्तर्राष्ट्रिय ब्यबसायीहरुले नेपालमा अथाह लगानी गर्नै सक्ने सम्भावना रहेको बताउनुभयो |
कार्यक्रममा पुजा कापी उधोग प्रा लि का अध्यक्ष सन्जयकुमार चौधरीले अगाडि भन्नुभयो : जसले सपना देख्छ त्यसले सपना पूरा गर्न सक्छ | उहाले उधोगलाई अबका दिनमा नया सोचका साथ अगाडि बढाउने र देशकै नमुनाको रुपमा पुजा ग्रुप अफ इन्ड्रस्ट्रीजको अबधारणामा लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो । यस्तै उहाले पुजा कापी उधोग नेपाल मा स्थापना भए पनि अन्तर्राष्ट्रिय उधोग भैसकेको दाबी गर्नुभयो | साथै उहाले सन २०२० नेपाल पर्यटन बर्ष रहेकोले यस अबसरमा नेपाल भ्रमणको लागि सबैजना लाई आमन्त्रण समेत गर्नुभएको थियो | कार्यक्रममा सस्थापक अध्यक्ष उत्तम प्रसाद रेग्मीले उधोगको हितको लागि शेयरसदस्य हरु र ब्यबसायीहरु एकजुट र सकारात्मक सोचका साथ अगाडी बढदा छोटो समयमा नै व्यावसायिक फडको मारेको कुरा बताउनुभयो | कार्यक्रममा शेयर सदस्य तथा युवा उधमी सुरेन्द्र कुमार कार्कीले रास्ट्रीय रुपमा सेवा गर्न तत्पर यस उधोगले अन्य उत्पादन को क्षेत्रमा पनि लगानी गर्नै साथै अन्तर्राष्ट्रिय रुपमा पनि आफ्ना उत्पादन लाई निर्यात गर्नै धारणा अगाडी बढाएको जानकारी गराउनुभो | उहाले युवा ब्यबसायीहरु बीचको आत्मीय सम्बन्धले उधोगले आगामी दिनमा उच्च स्थान प्राप्त गर्नै निश्चित रहेको जनाउनु भो |
जर्मन स्थित गोटिङ्गगन शहरमा भएको उक्त कार्यक्रम मा वरिष्ठ अतिथि NRN का UN कोअर्डिनेटर लक्ष्मण जोशी ,गोटिङ्गगन का वरिष्ठ राजनीतिज्ञ तथा परियोजना बिकास बिज्ञ Stephan Schibat, अटोमोबाइल उधमी Tassilo Busch, उधोगी Frank Jacobi, युवा उधमी प्रबिन पन्त , अमृत पौडेल , युवा ब्यबसायी राजेन्द्र पान्डे लगायत गेटिङ्गगन का अन्य जर्मनी ब्यबसायीहरुको पनि उल्लेखनीय सहभागिता रहेकोे थियोे |
त्यस्तै कार्यक्रममा प्रबन्धक पिताम्बर पोखरेल ले बार्षिक प्रतिबेदन ,लेखा तथा सुपरिवेक्षण समितिका संयोजक ताराराम श्रेष्ठ लेखा समितिको प्रतिबेदन , कम्पनीको लेखा परिक्षक CA दामोदर बस्ताकोटीले आर्थिक प्रतिबेदन समेत प्रस्तुत गर्नुभएको थियो | यस कार्यक्रम मा सस्थापक अध्यक्ष उत्तम प्रसाद रेग्मी लगायत विभिन्न ब्यक्ति हरुलाई सम्मान गरिएको थियो |
पुजा कापी उधोग प्रा लि का अध्यक्ष सन्जयकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सन्चालक शिव पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सन्चालन नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासङ्गका केन्द्रीय सचिव एबम कम्पनी सन्चालक नारायण काफ्लेले गर्नुभएको थियो ।
Comments are closed.