पुनर्स्थापना केन्द्रमा टेबुलटेनिस खेलअभिमुखिकरण कार्यक्रम सम्पन्न

कार्तिक २४, पोखरा ,

इन्टरनेश्नल टेबुल टेनिस फिडेरेशन आइ टि टि एफ को आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्वारा संचािलत टेबुलटेनिस फर न्यु लाईफ TTNL परियोजनाले पुनस्थापना केन्द्रमा उपचाररत सेवार्थी तथा कर्मचारीहरुलाई १ दिने टेबुल टेनिस खेल अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला टेबुलटेनिस संघ कास्कीको समन्वयमा संघका अध्यक्ष उत्तम जोशी सहितको टोलिले सहभागीहरूलाई संयुक्त सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा संचालन गरी टेबुलटेनिस खेलको आधारभूत सिद्धान्त, महत्व, न्युनतम मापदण्ड र यसका अवसरहरु बारे प्रकाश पारेका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा सहभागी सेवार्थिहरू मध्ये एक प्रतिनिधि सेवार्थिले पुनस्थापना केन्द्रमा संचालित विविध कार्यक्रमका साथै टेबुलटेनिस खेल कार्यक्रम थप भएकोमा हामी अत्यन्तै उत्साहित छौं उक्त खेल जुन सुकै उमेर समुहकाले पनि खेल्न सकिने, ठुलो खेल मैदानको आवश्यकता नपर्ने र  प्रशिक्षक सहितको  प्रशिक्षण भएकाले उक्त खेलमा निरन्तर लगाव राख्न  सकियो भने पुनस्थापना केन्द्रबाट बाहिर निस्कदा खेलाडी भएर निस्कन सकिने अवसर तथा सम्भावनाको बाटो खुलेको बताए ।

संस्थाका द्वितीय उपाध्यक्ष मंगल बहादुर नेपालीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा उनले पुनस्थापना केन्द्रले प्रभावकारी तथा गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यले उक्त कार्यक्रम नियमित रूपमा आगामी ३ बर्ष सम्म संचालन गरिने र सेवार्थिहरुलाई अन्य उपचार पद्धती संगसंगै खेलकुदको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य राख्दै थप हौषला र प्रेरणा प्रदान गरी सकारात्मक सोचको विकास गर्दै नतिजा प्राप्तिमा उन्मुख रहने बताउनु भयो । उक्त कार्यक्रमको संचालन ओम कृष्ण गुरुङले गरेका थिए ।

Comments are closed.