पुम्दीकोटको महायज्ञमा एकै दिनमा एक करोड बढी संकलन हालसम्म ६ करोड १६ लाख प्राप्त

पोखरा, ११ फागुन
पर्यटनको पुर्वाधार निमार्ण गर्ने उद्धेश्यले पोखराकोे पुम्दीकोटमा जारी महाशिवपुराण एवं धार्मिक पर्यटन महोत्सव २०७३ को नवौं दिनमा मात्र एक करोेड रुपैया भन्दा बढी आर्थिक संकलन भएको छ । महोत्सव एवं महायज्ञको नवौंं दिनमा एक करोड १ लाख सहित हालसम्म ६ करोड १६ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको महोत्सव एवं महायज्ञ आर्थिक संकलन उप–समितिका संयोजक डिल्लीराम बरालले बताए ।

बुधबार पोखरा पार्दीका समाजसेवि लिलाभक्त आचार्यले सवै भन्दा धेरै दान गरे । उनले २५ लाख रुपैया आर्थिक सहयोग गरेका हुन । त्यसै गरी पोखरा २५ अनदुमा रहेको ओल्ड पिस रिसोर्टले ८ लाख ८८ हजार ८ सय ८८ रुपैया सहयोग गरेको बरालले बताए । त्यसै गरी पोखरा नुवारथोकका हरिचन्द्र बरालले २ लाख २५ हजार, पुम्दी मुहानस्वाराकी गंगा देवि बरालले २ लाख २५ हजार ५ सय ५१, डाँडाँथोककी टोपली बरालले २ लाख २५ हजार ५ सय ५, पोखरा ७, नुवारथोकका राजु बरालबाट २ लाख २५ हजार ५ सय ५५, विरोटाको कोइृराला हाडवर्यरबाट २ लाख ७५ हजार १ सय ११, सिरवानी निवासि महोदक्त बरालबाट २ लाख २५ हजार ५ सय ५५, पोखरा भ्यूवाईन्टका हरीभक्त सुवेदीबाट २ लाख २५ हजार प्राप्त भएको छ । त्यसै गरी पोखरा २५ बर्साङका तीन जना दाजुभाईबाट ६ लाख ७६ हजार ६ सय ६५ रुपैया प्राप्त भएको हो । युवराज÷यामनाथ÷गिरिधारी पौडेल तीन दाजु भाईबाट जनहि २ लाख २५ हजार ५ सय ५५ रुपैया महायज्ञमा दान गरेका हुन । तल्लोगाँउकी अम्बिका देवि बरालबाट २ लाख २६ हजार १ सय २५, पोखरा राष्ट्रबैकचोक निवासि शोभाकान्त बरालबाट २ लाख २६ हजार ५ सय १८, अम्मरसिंहचोक निवासी सरु सापकोटा (पौडेल) ले महायज्ञमा दान गरेका हुन ।

त्यस्तै एक लाख भन्दा बढी दान गर्नेहरुमा पोखरा २५ सिरवानीका प्रजापति बराल, छोरेपाटनका केशव बहादुर वाँस्तोला, लायन्स क्लव अफ गोल्डेन चौतारि, छोरेपाटन निवासी विन्जुला घिसिङ, पुम्दीकोटमा रहेको हिमालयन रिसोर्ट, सिरवानीको धुर्व्र तारा आमा समुह, कोदी निवासी शिवहरी बराल, तल्लोगाँउ निवासी याम बहादुर भुजेल लगायतका रहेकोे आर्थिक संकलन उप–समितिका संयोजक बरालले बताए । पुम्दीकोटमा विशाल महादेवको मुर्ति सहितका भौतिक संरचना निर्माण गर्ने उद्धेश्यले यही फागुन ३ गते देखि संचालन भएको महायज्ञको यही फागुन १३ गते महाशिव रात्रिको दिनसम्म संचालन हुने भएको समितिका सचिव प्रकाश बरालले बताए । महायज्ञमा जान आउनको लागि समितिले पोखराको पार्दीविरौटा (बरालफिड) देखि पुम्दीकोटसम्म निशुल्क वसको व्यबस्था मिलाएको यातयात व्याबस्थापन समितिका संयोजक गोपाल बरालले बताए । उक्त महायज्ञको मुख्य वाचकमा विश्वविख्यात कथावाचक ईश्वरकृष्ण महाराजजी रहेका छन ।

Comments are closed.